सोमवार, कार्तिक १७, २०८३ | Monday 2nd November 2026

एनआइसी एसियाका तीन शाखारहित बैंकिङ सेवा थपिए

  • प्रकाशित मिति : आइतवार, भदौ २५, २०७४



  • एनआइसी एसिया बैंकले तीन वटा थप शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।

    बैंकले इलामस्थित सन्दकपुर गाउँपालिकाको देउराली बजार र रोङ्ग गाउँपालिकाको कुटी डाँडा बजारमा तथा झापास्थित बुद्धशान्ति गाउँपालिकाको शान्तिनगर गढी गाउँ बजारमा आफ्ना शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो।

    ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने अभियान सँगसँगै गाउँ गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरिएको बैंकले जनाएको छ।

    तीन शाखारहित बैंकिङ्ग सेवाको सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुली, बुद्घशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेल र रोङ्ग गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले छुट्टाछुट्टै रुपमा उद्घाटन गरे।

    बैंकले उपरोक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि देउराली बजारमा सोमति सुनचिउरी, शान्तिनगर गढी गाउँ बजारमा कमल भट्टराई र कुटीडाडाँ बजारमा यादब बराललाई प्रतिनिधिको रुपमा नियुक्त गरेको छ।

    यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका सर्वसाधारणले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन्। साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दा लामो दुरीसम्म हिँड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकले लिएको छ।

    यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने, झिक्ने र पठाउने, टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम लगायतको शुल्क तिर्न सक्नेगरी सेवाहरु पाउने छन्।

    यी ३ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु सहित हाल यस एनआइसी एसिया बैंकले आफ्ना १२० शाखाहरु, ४ एक्टेन्सन काउन्टरहरु र ९० एटिएम सञ्जालहरु मार्फत सेवा प्रदान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij