सोमवार, कार्तिक १७, २०८३ | Monday 2nd November 2026

११ वर्षको उमेरमा बिहे, १८ वर्षीया किशोरीका ६ र ४ वर्षीया छोरा

  • प्रकाशित मिति : सोमवार, भदौ २६, २०७४



  • काठमाडौं । मोरङ बेलबारी–१ की सरिता ऋषिदेव उमेरले १८ वर्ष पुगेकी छिन् । १२ वर्ष लाग्दै गर्दा उनको गंगा ऋषिदेवसँग विवाह भएको थियो । अहिले उनी ६ र ४ वर्षका दुई छोराकी आमा बनेकी छिन् ।

    मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ । तर, किशोरावस्थामा रहेकी सरिता भने परिपक्व आमा बनिसकेकी छिन् ।

    भूमिहीन सरिता ज्याला–मजदुरी गरेर ६ र चार वर्षका छोराहरू विशाल र विकासको भरणपोषण गरिरहेकी छिन् । सरिताका श्रीमान् गंगा कृषि मजदुरी गर्छन् ।

    हालैको बाढीले उनीहरू बस्दै आएको छाप्रो बगाइदिएको छ । दैनिक मजदुरी गरेर जीविका चलाउने सरितासँगै अन्य पाँच घरपरिवार हाल बेलबारी–१ को अमनासिसौली सामुदायिक वन क्षेत्रमा शरण लिइरहेका छन् ।

    स्वास्थ्य सेवाका कार्यक्रमबारे सरिता अनभिज्ञ

    आमा र शिशुलाई निरोगी र स्वस्थ बनाउन सरकारले किशोरी शिक्षा, परिवार नियोजन, मातृशिशु सुरक्षा, बालविवाह नियन्त्रणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, १२ वर्षे कलिलो उमेरमै आमा बनेकी सरिता ऋषिदेवहरूसम्म अझै यस्ता कार्यक्रम पुग्न सकेका छैनन् ।

    दुवै सन्तान घरमै जन्माएकी र आफ्नै कमाइअनुसारको पोषण खाए–खुवाएकी उनलाई स्वास्थ्य सेवाका कार्यक्रमबारे जानकारी नै छैन ।

    सानै उमेरमा बिहे गर्ने बाध्यताले बग्रेल्ती छोराछोरी

    भूमिहीन र गरिबीले ऋषिदेव समुदायका बालबालिका शिक्षाको प्रभावबाट अझै धेरै टाढा छन् । स्कुल भर्ना भए पनि धेरै प्राथमिक शिक्षा पूरा नगरी बीचैमा विद्यालय छाड्न बाध्य हुन्छन् ।

    गरिबी, अशिक्षा, रुढीवादी संस्कारले ग्रस्त ऋषिदेव समुदायका बालिका पढ्ने–खेल्ने उमेरमै बिहे गरेर आमा बन्न बाध्य हुन्छन् । सानै उमेरमा बिहे गर्ने बाध्यताले वास्तविक बिहे गर्ने उमेर पुग्न लाग्दा बग्रेल्ती सन्तानका आमा बनिसक्छन् । बिहे गर्ने उमेर नपुग्दै दुई सन्तानकी आमा बनिसकेकी सरिताले आफूलाई बाबुआमाले ११ वर्षमै बिहे गरिदिएको बताइन् ।

    उनका अनुसार ऋषिदेव समुदायमा किशोरी उमेरमै बिहे गर्ने चलन छ । सुरक्षित बासको अभाव, आर्थिक विपन्नतालगायत विभिन्न कारणले ऋषिदेव समुदायका अभिभावक छोरीलाई माइतीमा धेरै समय राख्न चाहँदैनन् । –नयाँ पत्रिका दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij