आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महोत्तरीमा अज्ञात समूहद्वारा ग्यास सिलिन्डर विस्फोट

  • प्रकाशित मिति : मङ्लबार, भदौ २७, २०७४



  • महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ ।

    स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एकहप्तामात्र बाँकी रहेको समयमा गएराति अज्ञात समूहले ग्यास सिलिन्डर विस्फोट गराएको प्रहरीले जनाएको छ ।

    स्थानीयवासी उमेश महतोको उखुबारीमा अज्ञात समूहले ग्यास सिलिन्डर पड्काएर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    घटनास्थलमा ग्यास सिलिन्डरको माथिको गोलो रिङ, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए । मनोनयन दर्ताको एकदिन अगाडि पनि रातिको समयमा बर्दिबास नगरपालिका परिसर बाहिर टिफिनमा राखिएको विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो ।

    हालसम्म कुनै समूह वा व्यक्तिले दुवै घटनाको जिम्मा नलिएको जिप्रका महोत्तरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij