आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिनादर्ता सन्चालित क्लिनिकमा शिलबन्दी

  • प्रकाशित मिति : मङ्लबार, भदौ २७, २०७४



  • मोरङ, भदौ २७ । जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले बिनादर्ता सन्चालित दुईओटा ल्याब क्लिनिकमा शिलबन्दी गरेको छ ।

    विराटनगर–९ अस्पताल चोकमा बिनादर्ता सन्चालनमा आएको न्यू नेशनल डाइनेष्टिक ल्याब र रंगेली रोडमा रहेको श्री कालिका ल्याब क्लिनिकलाई अनुगमन टोलीले सोमबार साँझ शिलबन्दी गरेको जनस्वास्थ्यका शाखा अधिकृत हरि खत्रीले जानकारी दिए ।

    ‘जनस्वास्थ्यबाट स्वीकृति नलिई कालिका ल्याबले रंगेली रोडको भित्री गल्लीमा सानो घरमा बोर्डसमेत नराखी ल्याब सन्चालन हुँदै आएको थियो’, खत्रीले भने, ‘अनुगमनमा कागजपत्र केही नभेटिएपछि शिलबन्दी गरेका हौँ ।’

    त्यस्तै, न्यू नेशनल ल्याबले पनि बोर्ड नराखी परीक्षण गर्दै आएको फेला परेको थियो । उक्त ल्याबमा पनि अनुगमन टोलीले शिलबन्दी गरेको छ । अनुगमनका क्रममा विराटनगर– ९ मा रहेको श्री हस्पिटलको ल्याबमा म्याद सकिएका विभिन्न प्रकारका केमिकल फेला परेको छ ।

    श्री हस्पिटलको ल्याबमा रगतको मात्र चेक गर्न प्रयोग गरिने ‘हेमोग्लोविन’ केमिकल म्याद सकिएको अवस्थामा फेला परेको जनस्वास्थ्यका शाखा अधिकृत खत्रीले बताए ।

    त्यस्तै, विर्य परीक्षण गर्ने ‘डव्लु डालोटिङ पुल्लुड’ नामक केमिकल श्री हस्पिटलको ल्याबमा म्याद सकिएको अवस्थामा फेला परेको खत्रीले जानकारी दिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij