आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय सेनाको तीन सदस्यीय सैनिक टोली बुधबार नेपाल आउने

  • प्रकाशित मिति : बुधबार, भदौ २८, २०७४



  • रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कूलमा सञ्चालन भइरहेको नेपाली सेना र भारतीय सेनाको गणस्तरको संयुक्त अभ्यास सूर्यकिरण–बाह्रौँ संस्करणको अवलोकन एवं समापन समारोहमा सहभागी हुन भारतीय सेनाको लेफ्टिनेन्ट जनरल जगदीपकुमार शर्माको नेतृत्वमा तीन सदस्यीय सैनिक टोली बुधबार नेपाल आउने भएको छ ।

    उक्त उच्च तहको सैनिक टोलीले हाल सञ्चालन भई रहेको संयुक्त अभ्यासको अवलोकन गर्ने र यही भदौ ३१ गते हुने समापन समारोहमा समेत सहभागी हुने जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त सैनिक टोली आगामी असोज १ गते स्वदेश फर्कन बताइएको छ ।

    यस अभ्यासबाट दुवै देशका सैनिकहरु बीच सयुंक्त रुपमा प्रतिव्रिदोह तथा प्रतिआतंकवादसम्बन्धी युद्धकलाको साथै बिपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij