प्रकाशित मिति : बुधबार, भदौ २८, २०७४
मधु पौडेल , बाँके । बैजनाथ गाँउपालिका वडा नं. ८ टिटिहिरियामा संचालीत एक महिने एडभान्स सिलाई कटाई तालिम आज सम्पन्न भएको छ । बैजनाथ गाँउपालिका वडा नं. ८ को सहयोग तथा बास नेपालगन्जको आयोजनामा महिलाहरुका लागि संचालित सो तालिम सम्पन्न भएको हो ।
तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ८ का अध्यक्ष भगन थारुले महिलाहरुलाई शिप शिकाई आत्मनिर्भर बनाउने उद्धेश्यले आयोजना गरिएको तालिम उपयोगि भएको बताए । उनले शिकेको शिपलाई ब्यवहारमा लागु गर्न सबै सहभागिहरुलाई अनुरोध गरे । कार्यक्रममा बोल्दै उनले महिलाहरुलाई प्रत्यक्ष फाईदा दिने खालका शिपमुलक कार्यक्रमहरु आगामि दिनमा वडा कार्यालयले गर्ने प्रतिबद्धता गरे ।
यसैगरी कार्यक्रमका अतिथि तथा वडा नं. ८ का वडा सदस्य धिरेन्द्र सिह ठकुरीले विभिन्न समयमा तालिमको अनुगमन गरेको बताए । उनले शिप सिक्ने कुरामा कहिले पछि नपर्न अनुरोध गर्दै अनुगमनको क्रममा तालिम फलदारी भएको आफुले पाएको बताए । तालिम समापन कार्यक्रममा प्रतिकृया मन्तब्य राख्दै सहभागि प्रेम कुमारी थारुले तालिमबाट विभिन्न डिजाईनको शिप सिकेको बताईन् ।
यसैगरी अर्का सहभागि रजनि थारुले पहिले सिकेको शिप बिर्सि सकेको र एक महिने तालिमले पूर्न ताजगि गरि ब्यवसायिक रुपमा अगाडि बढ्न हौसला थपेको प्रतिकृया दिईन् । तालिमका प्रशिक्षक पुनेश्वर थारुले तालिम प्रभावकारि भएको बताए । तालिमका सहभागिहरुलाई प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष भगन थारु, वडा सदस्य धिरेन्द्र सिह ठकुरी, बासका उपनिर्देशक हेमराज भट्ट, बासका केन्द्रिय सदस्य ध्रुबजंग शाह र तिला सुनारले बितरण गरेका थिए ।
बासका कार्यक्रम संयोजक शम्भु शाहीले संचालन गरेको तालिम समापन कार्यक्रममा स्वागत तथा तालिमको बारेमा जानकारी तालिमका संयोजक तथा बासका केन्द्रिय सदस्य ध्रुबजंग शाहले गरेका थिए । २०७४ साल साउन २३ गते देखि संचालन भएको तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको कुराको जानकारी बासका सुचना अधिकारि हेमराज भट्टले दिनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij