आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोशी गाउँपालिकाका अध्यक्षद्वारा कार्यकारी अधिकृतको कार्यकक्ष तालाबन्दी

  • प्रकाशित मिति : बुधबार, भदौ २८, २०७४



  • तपाईंलाई कुनै पनि कार्यालय प्रमुखले आफ्नै कार्यालयमा तालाबन्दी गरेको सुन्दा अचम्म लाग्न सक्छ । तर यस्तै घटना भएको छ सुनसरीको कोशी गाउँपालिकामा ।

    गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यकारी अधिकृत र लेखा अधिकृतले आफूखुशी गरेको गुनासो बढेपछि सुनसरीको कोशी गाउँपालिका कार्यालयको कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्य कक्षमा मंगलबार तालाबन्दी गरेको हो ।

    कार्यालयमा बाहिरका व्यक्ति आएर तालाबन्दी नगरी गाउँपालिकाका कार्यकारी अधिकृत सञ्जीव राणा र लेखा अधिकृत खडानन्द घिमिरेको कार्यकक्षमा मानोमानी गरेको भन्दै गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफैं तालाबन्दी गरेका हुन्।

    कार्यकारी अधिकृत राणाले आफूखुशी काम गरेको, जनताको काम नगरेको र अनियमितता गरेको, कतै जाँदा आफूलाई कुनै जानकारी नदिइ लुकिछिपी जाने गरेको, जनप्रतिनिधि आउनुभन्दा अगाडि आएको ५२ लाख रुपैयाँको कुनै हरहिसाब नदेखाएका कारण उनीहरुको कार्यकक्षमा आफैँले तालाबन्दी गरेको अध्यक्ष अन्सारीले बताए।

    उनले काम चोर कर्मचारी र हिसाबसमेत नदेखाउने भ्रष्ट मानसिकताका कर्मचारीलाई कार्यालयमा बस्ने नैतिक आधार नभएकाले उनीहरुलाई कार्यालयबाट बाहिर निकालेर तालाबन्दी गरेको बताए।

    कर्मचारीले सामान्य मापदण्डसमेत पालना नगरेको र जननिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष आएको दुई महिना बित्दासमेत आफ्नो कार्यक्रम र योजना नदेखाएको तथा परिषद्मा समेत कुनै चासो नराखेकाले आरोप लगाइएको छ ।

    कार्यकारी अधिकृत राणा भने सम्पर्कमा आउन चाहेनन् भने अन्य कर्मचारी लुकिछिपी भागेको पाइएको छ । स्थानीयवासीले भने गाउँपालिकामा भएको घटनाले आफूलाई सशंकीत बनाएको प्रतिक्रिया दिएका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij