आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म्यानमारको तनाव नेपालसम्म, काकडभिट्टा नाकामा सुरक्षा सतर्कता बढ्यो

  • प्रकाशित मिति : बिहिबार, भदौ २९, २०७४



  • नेपाली भूमि प्रयोग गरी म्यानमारविरुद्ध गतिविधि हुन नदिन नेपाल प्रवेशको पूर्वीद्वार काकडभिट्टामा स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाउन थालेको छ।

    पूर्वी नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई नाकामा कडाई गर्न थालिएको हो। परिचय खुल्ने कुनै कागजात बिना नेपाल प्रवेशमा रोक लगाउने प्रहरीले जनाएको छ।

    म्यानमारमा गृहयुद्व चर्कन थालेपछि त्यसको प्रभावले विस्थापित भएर त्यहाँका नागरिक नेपाल आउने सम्भावना बढेको भन्दै झापा प्रहरीले नाकामा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। म्यानमारमा पछिल्लो चरणको हिंसा गत महिना रोहिंग्या लडाकुहरुले सेनामाथि आक्रमण गरेपछि भड्किएको थियो ।

    अल्पसंख्यक रोहिंग्या समुदायका लडाकुमाथि त्यहाँका सरकारी सेनाले जवाफी कारबाही सुरू गरेपछि रोहिंग्या समुदायका मानिस बंगलादेशसम्म आईपुगेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्। नेपाल र बंगलादेश बिचको सीमा ५२ किलोमिटरको दूरीमा छ। यो बिचमा भारतीय भूमी पर्छ।

    म्यानमारामा अल्पसंख्यक रोहिंग्या समुदाय र त्यहाँको सेनाबीच द्धन्द्वका कारण बंगलादेशहुँदै नेपाल प्रवेश गर्न सक्ने झापा प्रहरीले जनाएको छ। नेपालको भूमिबाट लुकिछिपी रोहिंग्या समुदायले म्यानमारविरुद्ध गतिविधि गर्नसक्ने आशंकामा प्रहरीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    पछिल्लो चरणमा हत्या, आगजनी, बलात्कार र लखेटाइको सिकारमा परेका अल्पसंख्यक रोहिंग्या समुदाय विस्थापित भएपछि शरणार्थीका रूपमा कही कतै नेपाल प्रवेश गर्ने पो हुन् की भन्ने आशंकामा नाकामा कडाई गर्न थालिएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताए। ‘अन्य दिनको तुलनामा मंगलबारदेखि सुरक्षा व्यवस्था र चेकजाँचलाई कडाई पारिएको छ,’ उनले भने, ‘बेलैमा सजगता अपनाएका हौ।’

    प्रहरी केसीका अनुसार  अध्यागमन विभागको काकडभिट्टास्थित कार्यालय र नेपाल प्रहरीलगायतको सक्रियतामा नाकामा कडाई गरिएको हो।

    नेपाल प्रवेशको मुख्यद्वारमै काँकरभिट्टा प्रहरीले चेकजाँच कक्ष स्थापना गरेको छ । त्यहाँ दुई जना अनुसन्धान अधिकृत स्तरका प्रहरी रहेको जनाईएको छ।

    चेकजाँच एवम् सोधपुछ कक्षमा नेपाल प्रहरीसहित सशस्त्र, पर्यटन प्रहरीसमेत रहेका छन्।

    ‘नेपाल प्रहरीले काँकरभिट्टा नाका हुँदै आवतजावत गर्ने जो कोहीमाथि कडा निगरानी शुरु गरेको छ’, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले भने, ‘विशेषगरी विदेशीप्रति प्रहरीले कडा निगरानी बढाएको छ। प्रहरीले भारतका विभिन्न ठाउँबाट पैदलमार्ग हुँदै नेपाल प्रवेश गर्ने सवैका बारेमा सोधपुछ गर्ने, शंका लागे नियन्त्रणमा समेत लिने छन्।’

    सवारी साधनमा आएका यात्रुलाई समेत उतारेर प्रहरीले चेकजाँच गर्ने गरेको छ ।

    विदेशीलाई नेपाल प्रवेश गर्दा आफ्नो परिचय खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । परिचय पत्र विना प्रवेश गरेका विदेशीलाई भने प्रहरीले सोधपुछ गर्ने गरेको छ। कतिलाई फर्काउने गरेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij