आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अब भिसा र मास्टरकार्डबाटै बुद्ध एयरको हवाई टिकट

  • प्रकाशित मिति : बिहिबार, भदौ २९, २०७४



  • हिमालयन बैंकले सञ्चालन गरेको ई–कमर्स पेमेण्ट गेटवेको मद्धतले बुद्ध एयरका कुनै पनि गन्तव्यका  टिकट सजिलै खरिद गर्न पाइने भएको छ। बिना कुनै झञ्झट, घर, कार्यालयमै बसेर केही क्लिकका भरमा यात्रुले बुद्ध एयरको आधिकारिक वेवसाइटबाट टिकट किन्न सक्नेछन्।

    यसअघि यो सुविधा विदेशी यात्रुलाई मात्रै थियो भने अबदेखि नेपाली यात्रुका लागि पनि सेवा खुला गरिएको बुद्ध एयरले जनाएको छ।

    भिसा तथा मास्टरकार्डको मद्दतले नेपालीसँगै भारतीयले पनि टिकट खरिद गर्न सक्नेछन्। नेपाली, भारतीय, शरणार्थी तथा लामो समयसम्म नेपालमै बस्ने यात्रुले पनि नेपाली रूपैयाँमै टिकट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

    अन्यले भने अमेरीकी डलरमा खरिद गर्नुपर्ने हुन्छ। यसरी टिकट खरिद गर्दा यात्रुले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने नपर्ने कम्पनीले बताएको छ।

    बुद्ध एयरको मोवाइल एपबाट उडान तालिका तथा सस्तो भाडादरबारे पनि जानकारी लिन सकिने कम्पनीले जनाएको छ।

    बुद्ध एयरले २ बीच एयरक्राफ्ट तथा ७ एटिआर जहाजबाट मुलुकभर हवाई सेवा उपलब्ध गराउँदै आएको छ। देश बाहिर भारतको वाराणशी नियमित र भुटानको पारो चार्टड उडान गरिरहेको छ।

    आउँदो अक्टोवरमा यसले सेवा सञ्चालनको २ दशक पुरा गर्दैछ। बुद्ध एयरले गत वर्ष मात्रै १२ लाख यात्रुलाई हवाई सेवा प्रदान गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij