आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

१६औं आइइएफ सम्मेलन काठमाडौंमा सुरु

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३०, २०७४



  • काठमाडौं । उद्यमशीलतासम्बन्धी १६औं अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

    बेलायतको इसेक्स बिजनेस स्कुलसँगको सहकार्यमा किंग्स कलेजले आयोजना गरेको सम्मेलनको बिहीबार उद्घाटन गर्दै सिँचाइमन्त्री सञ्जयकुमार गौतमले उद्यमशीलतालाई दिगोरुपमा अघि बढाउनुपर्ने बताए ।

    इसेक्स बिजनेश स्कुलका प्राध्यापक जय मित्राले उद्यमशीलता प्रबद्र्धन गर्न मानव संशाधन, प्रविधि र आर्थिक, सामाजिक तथा वातावरणीय स्रोतहरुको दिगो प्रयोगमा जोड दिए ।

    सम्मेलनमा नेपालसहित विभिन्न २० ओटा देशका ५०० बढी उद्यमी, विज्ञ, अनुसन्धानकर्ता र व्यवसायी सहभागी रहेको किंग्स कलेजले जनाएको छ ।

    उद्यमशीलता संस्कृतिको प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij