आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

भोट हाल्न घर फर्कनेहरु बढेपछि बीपी राजमार्गमा सवारीको चाप बढ्यो

  • प्रकाशित मिति : शनिबार, भदौ ३१, २०७४



  • यसोदा राउत/ईमेज: सिन्धुली, भदौ ३१ । प्रदेश नम्बर २ मा आगामी सोमबार स्थानीय तहको निर्वाचन हुँदै छ । मतदानका लागि प्रदेश नम्बर २ का मतदाता घर फर्कन थालिसकेका छन् ।

    राजधानी काठमाडौंमा बस्दै आएका प्रदेश नम्बर २ का मतदाता जिल्ला फर्कने क्रम बढेसँगै वीपी राजमार्गमा सवारी साधनको चाप बढ्न थालेको छ ।

    असोज २ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै मतदाताहरु तराईका जिल्लाहरुका गन्तव्यमा पुग्नका लागि वीपी राजमार्गबाट यात्रा गर्न थालेपछि वीपी राजमार्गमा सार्वजनिक तथा नीजी यातायतका साधनहरुको संख्या विगतको तुलनामा एक्कासी बढेको हो ।

    निर्वाचनमा आफूले रुचाएको उम्मेदवारलाई मतदान गर्नका लागि वीपी राजमार्ग हुँदै सप्तरी, सिरहा, धनुषा, महोतरी, सर्लाही र रौतहट जिल्लाका विभिन्न स्थानका मतदाताहरु आफ्नो गन्तव्यमा जान थालेपछि वीपी राजमार्गमा साना तथा मझौला खाले सवारी साधनहरुको संख्या बढेको हो ।

    यता निर्वाचनको तिथि नजिकिएको र दशैं-तिहार जस्ता चाडपर्वका लागि समेत राजधानी काठमाडौंबाट मध्यपुर्वी तराईका विभिन्न गन्तव्यमा आवत जावत गर्ने यात्रुहरुको संख्या बढ्दै जान थालेका कारण वीपी राजमार्गमा यात्रुबाहक सवारी साधनहरुको चाप एक्कासी बढेर ट्राफिक समस्या उत्पन्न हुन थालेको छ ।

    पूर्व पश्चिम राजमार्गको तुलनामा बनेपा-सिन्धुली-बर्दिबास सडकबाट मध्यपुर्वी तराईका विभिन्न जिल्लामा यात्रा गर्दा समय र भाडा समेत कम लाग्ने कारणले पछिल्लो समयमा पूर्वी तराईका विभिन्न गन्तव्यमा पुग्ने यात्रीहरुले वीपी सडकमा संचालन हुने साना तथा मझौला खाले सवारी साधनहरुमा यात्रा गर्न थालेका छन् ।

    दैनिक रुपमा ३ हजारको हाराहारीमा वीपी राजमार्गमा सार्वजनिक तथा नीजी सवारी साधनहरुको आवागमन भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ट्रफिक हवलदार रामेश्वर पाण्डे बताउँछन् ।

    काभ्रेको बनेपाबाट सिन्धुलीमाडी हुँदै बर्दिवाससम्मको कुल एक सय अन्ठाउन्न किलोमिटर बनेपा, सिन्धुली, बर्दिवास सडक नेपालको पछिल्लो समयमा निर्माण सम्पन्न भएको नयां प्रविधिको भएकाले नीजी तथा सार्वजनिक यातायातका साधनहरु संचालनमा समेत सहज मानिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij