प्रकाशित मिति : शनिबार, भदौ ३१, २०७४
गैर आवासीय नेपाली संघको अध्यक्षका लागि भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्।
अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेका भट्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०१७-१९ कार्यकालका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका बताए।
गैर आवासीय नेपाली संघ जापानको स्थापनाकालदेखि सक्रिय रहेका उनी राष्ट्रिय समन्वय परिषदको अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेका छन्।
भट्टले आफू अबको कार्यकालमा अध्यक्षका लागि योग्य भएको दाबी गरेका छन्। ‘संस्थाको जिम्मेवारीमा स्वभाविक रुपमा खुट्किला उक्लिदै अगाडि बढेको अनुभव र यो अभियानमा आफ्नो तर्फबाट सक्दो योगदान गरिरहेको अवस्थामा अझ बढी जिम्मेदवारी सम्हाल्न मलाइ सबैको सहयोग रहने विश्वास गरेको छु,’ भट्टले भने।
भट्टले गैर आवासीय नेपाली संघले अहिलेसम्म गरेका निर्णय र पूरा हुन बाँकी रहेका कामलाई निरन्तरता दिने बाचासमेत गरे।
लाप्राक नमुना वस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना निर्माण, वैदेशिक रोजगार कोषको विस्तार लगायतका कामलाई निरन्तरता दिने उनले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij