आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

मोरङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, अशोज १, २०७४



  • मोरङ, भदौ ३१ । मोरङमा शनिबार छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु भएको छ ।

    विराटनगर–१ महेशपुर बस्ने १६ वर्षीय गौरव खवासको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

    स्थानीय सिँगियाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खवासलाई दिउँसो २ः०० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका खवासलाई उपचारका लागि कोशी अन्चल अस्पताल विराटनगर ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    त्यस्तै, मोरङकै विराटनगर–२ सोमबारेमा शनिबार दिउँसो नुहाउने क्रममा लडेर एक बालिकाको मृत्यु भएको छ । रंगेली नगरपालिका–८ घर भई विराटनगर–२ सोमबारेस्थित आशा राउतको घरमा डेरा गरी बस्ने मनिता मण्डलकी सात वर्षीया छोरी हेमा मण्डल दिउँसो १ः०० बजेतिर नुहाउने क्रममा ट्युबवेलमा चिप्लिएर बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि कोशी अन्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यसैगरी, मोरङको ग्रामथान गाउँपालिका–२ स्थित भित्रि सडकखण्डमा गत भदौ २८ गते मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक वृद्धाको शनिबार दिउँसो उपचारका क्रममा मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ग्रामथान गाउँपालिका–२ बस्ने ६० वर्षीया गेरी माझी रहेकी छन् । को१७प १२५९ नम्बरको मोटरसाइकलले पैदल हिँड्दै गर्दा ठक्कर दिइ गम्भीर घाइते भएकी थिइन् । नोवेल अस्पताल विराटनगरमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक विश्वहरि कोइरालाले जानकारी दिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij