आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

पाटन-पञ्चेश्वर सडकको ट्रयाक निर्माणको काम यसैबर्ष सकिने

  • प्रकाशित मिति : आइतवार, अशोज १, २०७४



  • बैतडी । बैतडीको पाटन–पञ्चेश्वर सडकको ट्रयाक निर्माणको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने भएको छ ।

    ६२ किलोमिटर लामो योे सडक खण्डमध्ये ५३ किलोमिटर ट्रयाक खुलिसकेको छ ।

    बाँकी ९ किलोमिटर ट्रयाक चालु आर्थिक वर्षको अन्त्यसम्ममा खोलिसकिने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख ललितजंग खनालले जानकारी दिए ।

    पाटन पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम सँगसँगै स्तरोन्नतिको काम पनि भइरहेको छ । चालु आर्थिक वर्षमा स्याडीगाडसम्मको १३ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ ।

    स्याडीगाडदेखि मेलौलीसम्मको थप १८ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भइसकेको कार्यालयले जनाएको छ ।

    पाटन पञ्चेश्वर सडकअन्तर्गत स्याडीगाड खोला र बाग्गोठगाड खोलामा पक्की पूलसमेत निर्माण भइसकेको छ ।

    यसैबीच बैतडीको तल्लोसोराडका स्थानीय बासिन्दाको सडक सपना करिब ३४ वर्षपछि पूरा हुने भएको छ ।

    आर्थिक बर्ष २०४०/४१ मा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पाटन पञ्चेश्वर सडकको ट्रयाक खोल्ने कामको उद्घाटन गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij