आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

घर बनाउँदा रेडिमेड ढलान अब नेपालमा, यस्ताे छ लागत

  • प्रकाशित मिति : आइतवार, अशोज १, २०७४



  • घर बनाउँंदा स्ल्याब ढलान गर्नैपर्ने झन्झबाट मुक्ति मिल्ने भएको छ । जग हालेर पिलर र विम ढलान गरिसकेपछि स्ल्याब ढलान गर्ने नपर्ने गरी प्रिकाष्ट स्ल्याब (कारखानामा पहिला नै बनाएर तयार पारिएको स्ल्याब) राख्न सकिने भएको हो ।

    पिलर, विम बनाएपछि स्ल्याबको साटोमा कारखानामा पहिला नै बनाएर राखिएको प्रिकास्ट स्ल्याब राख्ने भएकाले तीब्र निर्माण सम्भव हुने इन्जिनियरहरुको तर्क छ।

    स्ट«क्चरल ईन्जिनियर सुदीप कारञ्जितका अनुसार यसको प्रयोग आवासीय घर, कार्यक्रम हल, फ्याक्ट्री, इटाभटामा सजिलै गर्न सकिन्छ । निर्माण सम्पन्न भए पछि विगार्न पर्दा पनि पुनः प्रयोग गर्न मिल्ने यसको विशेष विशेषता हो । फयाक्ट्री सार्नुपर्दा पुनः प्रयोग गर्न मिल्ने हुनाले यसको लोकप्रियता बढदै गएको बताइएको छ ।

    यसको प्रयोगको लागि विम, पिलर मात्रै बनाउनु पर्छ । यसपछि फ्लोरको रुपमा कारखानाबाट प्रिकाष्ट स्ल्याब लगेर फिट गगरे पुग्छ । क्रेनको सहायताले प्रिकाष्ट फिट गर्न सकिन्छ ।

    यो १५ फिटसम्म लम्वाईको पाइन्छन् । पिलरको चौडाई वढी पारे पनि हुने भई यसको प्रयोगले खर्चमा किफायती हुने उनले बताए। अन्य आरसीसी स्ल्याब ढलान गर्ने भए पिलरको चौडाई साधारणतया १५ फिट लम्वाईसम्म जाँंदैन । १०÷१२ फिटको कम दुरीमै राख्नुपर्छ । तर विज्ञका अनुसार सपोर्ट सिष्टम गरे प्रिकाष्ट २० फिट चौडाईसम्मको पिलरको फरकमा राख्दा पनि फरक पर्दैन ।

    परम्परागत ढलान भन्दा वढी हलुका हुनु यसको एउटा विशेष विशेषता हो । इन्जिनियरहरुका अनुसार परम्परागत ढलान २४ सयदेखि २५ सय प्रति घनमिटरको घनत्व हुने हुन्छ भने यो १५ देखि १६ सय प्रति घनमिटर मात्रै हुन्छ । यसको बीचमा प्वाल हुने भएकोले वढी हलुका हुने भएको हो ।

    प्वाल भएकै कारण यसमा तापक्रम प्रसार नहुने हुन्छ । यसका कारण तातो हुन पाउँंदैन । यही कारण इटाभटाको डग (इटाभटाको माथि) मा पनि यसको प्रयोग गर्न सकिन्छ । साथै प्वालकै कारण यसमा प्लम्विग, कन्सिल्ट वायरिंग गर्न सजिलो हुन्छ।

    नेपालमा नगरकोटको क्लब हिमालय, वीरगञजको हिमालय बैंक, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, त्रिपुरेश्वरको एनआईसी एसिया बैंक, कमलादीको लक्ष्मी बैंकमा यस प्रकारको प्रिकाष्ट स्ल्याबको प्रयोग भइसकेका छन् ।
    गोर्खा प्रिकाष्ट प्राइभेट लिमिटेडले नेपालमा यस्तो प्रविधिको निर्माण सामग्रीको उत्पादन सुरु गरेको छ,। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर राजन दुवालका अनुसार नेपालमा विभिन्न साइजका प्रिकाष्ट स्ल्याबको उत्पादन भइरहेका छन् ।

    गोर्खा प्रिकाष्टले मात्रै दुई फिट चौडाई, एक सय एमएम (पाँच इन्च) मोटाईका प्रिकाष्ट स्ल्याब उत्पादन गर्दै आएको उनले जानकारी दिए। उनका अनुसार लम्वाई भने आवश्यकता अनुसारका पाइन्छन् । १५ फिट भन्दा वढी लम्वाईका प्रिकास्ट स्वदेशमै निर्माण भएको पाइन्छन् ।

    हलुका हुनुका साथै छिटो जडान, भकम्पीय दृष्टिकोणबाट सुरक्षित हुनुलगायतका यसका विशेषता हुन् । कारखानामा पहिला नै बनाएर राखिने भएकाले स्ल्याब गरी ढलान गरे जस्तै एउटा तल्ला सकाउन एक महिना लाग्दैन ।

    यसको निर्माण ५३ ग्रेड सिमेन्ट, सात एमएमको हाइ पावर प्रिटेन्शाइल स्टील (डण्डी), वालुवा, चिप्सको प्रयोगबाट हुने कम्पनीले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij