प्रकाशित मिति : आइतवार, अशोज १, २०७४
सर्वसाधारणमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले एनआईसी एसिया बैंकले काठमाडौंका विभिन्न स्थानमा सचेतना र्याली निकालेको छ।
शनिबार निकालिएको उक्त र्याली बैंकको कमलादी शाखाबाट सुरु भई काठमाडौंको विभिन्न मुख्य स्थानहरुको परिक्रमा गर्दै पुन: कमलादी शाखामा पुगी समापन भएको थियो। र्यालीमा बैंकका ६०० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो।
बैंकले हाल ६ लाख भन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढी कर्जा ग्राहक ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकहरुलाई देशभर रहेका आफ्ना १२८ शाखा एवं विस्तारित काउन्टर मार्फत उच्चस्तरिय र ग्राहक केन्द्रित सेवा प्रदान गर्दै आइरहेको छ।
ग्राहकहरुको सर्वोपरि हितलाई उच्च प्राथमिकता दिंदै विभिन्न आकर्षक, लाभदायी तथा ग्राहक केन्द्रित बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको बैंकले आफ्ना ग्राहकहरुलाई बचत खातामा वार्षिक ९ प्रतिशतसम्मको आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ, जुन नेपाली वाणिज्य बैंकहरुले प्रदान गरेको ब्याजदर मध्येकै उच्च ब्याजदर हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij