आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

दुर्घटनामा बुवा आमा गुमाएका नाबालकहरुलाई सहयोगको अपील

  • प्रकाशित मिति : मङ्लबार, अशोज ३, २०७४



  • बर्षात ओली , दाङ ।   असोज २,  बुवा आमा संगै गुमाएका दाङ शान्ति नगरका दुई नावालक ५८ वर्षिय हजुर आमा संग वस्दै आएका छन् ।

    बुवा आमा र हजुर आमाको परीवार मात्र रहेको ति नावालकले भदौ २५ गते आमा वुवा संगै गुमाएका थिए ।

    काम विशेसले नेपालगञ्ज संगै गएका ढक बहादुर केसि र सिता केसिको जोडी दाङतर्फ आउदै गर्दा यहि भदौ २५ गते ना ४ ख ५६५३ नम्मरको वसले ठक्कर दिएको थियो ।

    ठक्कर पछि ढक वहादुरको घटना स्थलमै र सिताको उपचारका क्रममा निधन भएको थियो । आमा वुवाको निधन पछि नावालक ८ वर्षिय प्रयत्न केसी र साढे ३ वर्षिय सिमा केसी ५८ वर्षिय हजुर आमा डिला कुमारी खत्री संग वस्दै आएका छन् । समाज सेवामा तल्लिन जोडीको एकै साथ निधन हुदा छोराछोरी विचल्लीमा पर्ने देखीएको छ ।

    स्थानीय एक सामुदायीक विद्यालयको  व्यवस्थापन समितिको अध्यक्ष समेत रहेकी सिताका छोरा छोरी स्थानीय निजि विद्यालयमा पढ्दै आएका थिय ।

    आर्थीक अवस्था कम्जोर रहेको परीवारमा एकै साथ कमाउने जोडीको नै मृत्यु भएपछि नावालकको पालन पोषणमा समस्या आउने भएको छ ।

    पालन पोषणका लागी केही गर्नसक्ने अवस्था नरहेकाले सहयोगको भर पर्नु परेकोे नावालकका हजुर आमा डिला कुमारी खत्रीले वताउनु भयो ।

    हजुर आमा संरक्षक रहेर मृतक जोडीका छोरा प्रयत्न केसि र छोरि सिमा केसिको नाममा राष्ट्रिय बाणिज्य बैंक तुल्सिपुर शाखामा खाता खोलीएको छ ।

    सह्योग गर्न चाहानेले बैंकमा रहेको ४१ ६० ०० ०१ ३० ०५ खाता नम्मरमा रकम जम्मा गरी सहयोग गरीदिन खत्रीले सवैमा अनुरोध गर्नु भएको छ ।

    सहयोग गर्न चाहानेले मृतकका ठुलावुवा सशिधर केसीको मोवाईल नम्मर ९८५७८२१३३९ मा सम्पर्क गर्न सकीने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij