आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

मोरङको हरकपुरमा आगलागी, एकै परिवारका ४ को मृत्यु

  • प्रकाशित मिति : बिहिबार, अशोज ५, २०७४



  • मोरङको कानेपोखरी गाउँपालिका-३, हरकपुरस्थित एक घरमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु भएको छ। बिहिबार बिहान २ बजे लागेको आगोले ५६ वर्षिय चन्द्र कुमार राई, ५० वर्षिय पार्वता राई, ४५ वर्षिय बिष्णुकुमारी राई (तामाङ) र ८५ वर्षिय गंगामाया राईको आगोले जलेर मृत्यु भएको हो ।

    चन्द्र कुमार राई घरमुली हुन्। उनकी आमा गंगामाया, श्रीमती पार्वता र बहिनी बिष्णुकुमारी को जलेर निधन भएको हो। उनीहरूको शव चिन्न नसक्ने अवस्थामा फेला परेको छ। प्रहरी र स्थानीयको सहयोगमा सवै शब खोजेर निकालेका थिए।

    विद्युत सट भएर घरमा आगालागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय पथरीका सई राजकुमार बस्नेतले प्रारम्भीक अनुमान गरे। छिमेकीहरुको अनुसार राति साढे २ बजे आगो लागेको थियो।

    हरकपुरको सबैभन्दा ठूलो होलसेल किराना पसल रहेको घरमा लागेको आगो नियन्त्रणका लागि इटहरी,विराटनगर र दमकबाट बारूण यन्त्र आएका थिए।

    चन्द्रकुमारको घर छेउछाउ अरु घर नभएकोले थप क्षति हुन पाएन। बिहिबार बिहान २ बजे देखि लागेको आगो बिहान ६ बजे नियन्त्रणमा आएको थियो।

    आगोले खाद्यान्न, लताकपडा, जिन्सी, रकम, भाडाकुँडा गरेर लगभग १ करोड बराबरको जलेर क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घरमा पतीपत्नी र चन्द्रकुमारकी आमा बस्दै आएका थिए।

    बहिनी बिष्णुकुमारी बेलुका मात्र माइत पाहुना आएकी थिइन्। चन्द्रकुमारको एक छोरा र एक छोरी छन्। छोरा र छोरी काठ्माडौंमा बसेर पढ्दै आएका छन्।

    मृतक सबैको शव पोष्टमार्टमको लागि मंगलबारे हस्पिटल लगिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij