आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मुख्यसचिब बन्न दौड, कसको छ सम्भावना ?

  • प्रकाशित मिति : आइतवार, अशोज ८, २०७४



  • काठमाडौं, असोज ८ । सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् ।

    मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् ।

    ‘दसैं तिहारको लामो बिदा पर्ने हुनाले अब मुख्यसचिवका रूपमा काम गर्न १८ दिन मात्रै बाँकी छ’, मुख्यसचिव क्षत्रीले शनिबार अन्नपूर्णसँग भने । उनी गत २९ असारमा मुख्यसचिवमा नियुक्त भएका थिए ।

    क्षत्रीको अवकाश मिति नजिकिँदै गर्दा निजामती क्षेत्रकै सबैभन्दा उच्च पदका रूपमा रहेको मुख्यसचिव बन्न मुख्यतः तीन जना सचिव प्रतिस्पर्धामा छन् ।

    तत्कालीन मुख्यसचिव डा।सोमलाल सुवेदी पदावधि १ वर्ष बाँकी नै रहँदा पद त्यागेर एडीबीमा जागिर खान गएपछि क्षत्रीले छोटो अवधिका लागि मुख्यसचिव हुने अवसर पाएका थिए ।

    हाल रहेका करिब ५० जना सचिवमध्ये ज्येष्ठताका आधारमा मुख्यसचिवको प्रतिस्पर्धामा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय छन् ।

    त्यसो त यी तीनभन्दा वरिष्ठ सचिवमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ पनि छन् ।

    तर, मुख्यसचिव क्षत्री सेवानिवृत्त हुनुभन्दा ५ दिनअघि नै यी दुवै सेवानिवृत्त हुने भएकाले उनीहरू मुख्यसचिवको प्रतिस्पर्धामा छैनन् ।

    सुवेदी र श्रेष्ठ पाँचवर्षे सचिवको पदावधि सकेर २ कात्तिकमा सेवानिवृत्त हुँदै छन् ।

    दौडमा तीन सचिव

    मुख्यसचिवको दौडमा गृहसचिव लोकदर्शन रेग्मी सबैभन्दा अघि छन् । एक उच्च अधिकारी भन्छन्, ‘गृहसचिव रेग्मी जोसँग पनि सम्बन्ध राख्न सिपालु छन् ।

    त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणासँग उनको विशेष सम्बन्ध छ । त्यसकारण यो दौडमा उनी अघि छन् ।’

    रेग्मीको प्रमुख तीनवटै दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसँग सम्बन्ध राम्रो भएको चर्चा सिंहदरबारमा चल्ने गर्छ । एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा रेग्मीलाई अर्थसचिव बनाएका थिए ।
    यस्तै, कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री भएका बेला निधिले रेग्मीलाई अर्थबाट गृहमा ल्याएका थिए भने अहिले माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा पनि गृहसचिव उनै छन् ।

    समकालीनहरू उनलाई मन्त्रीको ‘एसम्यान’ भनेर टिप्पणी गर्छन् । ‘मन्त्रीहरूले जस्तोसुकै खराब काम गराउन दबाब दिए पनि त्यसको प्रतिरोध गर्दैनन् बरु सहर्ष स्विकार्छन्’, उनका एक समकालीनले भने । यी सबैका बाबजुद आगामी मुख्यसचिवको दौडमा धेरैले रेग्मीलाई नै अघि बढेको देखेका छन् । –अन्नपूर्ण पोष्ट दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij