प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४
माफियामुखी ऐनलाई तत्काल रोकेर सही रूपमा चिकित्सा शिक्षा तथा अन्य मागहरू पुरा गर्न आज बिहान ११ बजेदेखि सत्याग्रह सुरू गर्ने डा. केसीले बताए।
‘मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि हामी लामो अभियानमा भएको तथा सरकारले बारम्बार सम्झौता उल्लंघन गरेर सीमित व्यवसायी र माफियाहरूको स्वार्थमा काम गरिरहेको कुरा बिदितै छ। यस क्रममा अहिले जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी चिकित्सा शिक्षा ऐन जारी गर्न प्रयास भइरहेको पुष्टी भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘ यो अवस्थामा स्वास्थ्य क्षेत्रमा दीर्घकालिन हानी पुग्ने गरी ऐन आउनबाट रोक्न आवश्यक भएकाले आजै दिनको ११ बजेदेखि सत्याग्रह कार्यक्रम सुरू गर्ने घोषणा गर्दछौ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij