शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मुलुकी देवानी (संहिता) विधेयक पारित

  • प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४



  • व्यवस्थापिका–संसद्को आजको बैठकले मुलुकी देवानी (संहिता) विधेयक, २०७४ लाई पारित गरेको छ ।

    उक्त विधेयक पारित गर्न कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

    विधेयक प्रस्तुत हुँदा पैत्रिक सम्पत्तिमा इच्छापत्रसम्बन्धी व्यवस्था भएकोमा १९ वर्षपछि लागू हुने गरी त्यस्तो प्रस्तावको साटो अंशबण्डाको व्यवस्था राख्न संसद्ले निर्देशन दिएबमोजिम विधेयक पारित भएको छ ।

    राष्ट्रपतिले प्रमाणीकरण गरेपछि एक वर्षपछि लागू हुने यो विधेयक मुलुकी ऐनलाई विस्थापन गर्नेमध्ये एक हो । संसद्मा मुलुकी ऐनलाई विस्थापन गर्ने अन्य विधेयक विचाराधीन छन् ।

    यसैगरी बैठकले ‘मुलुकी देवानी कार्यविधि (संहिता) २०७४ पनि पारित गरेको छ । सो विधेयक निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुग्ने भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रश्न उठाए पनि सभामुख ओनसरी घर्तीले विधेयक बहुमतले पारित भएको घोषणा गरिन् ।

    तत्पश्चात् १५ मिनेटका लागि स्थगित भएको बैठक सांसदहरुको गणपूरक संख्या अपुग देखिए पछि यही असोज २० गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरी बैठक स्थगित भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij