शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

शहरी विकासका लागि एडिबीको सहयोग

  • प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४



  • काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको सुदूरपश्चिमसहित आठ नगरपालिकामा शहरी सेवा तथा पूर्वाधार सुधारका लागि रु १५ करोडको ऋण सहायतालाई अनुमोदन गरेको छ ।

    क्षेत्रीय शहर विकास परियोजनाले अतिकम विकसित प्रदेश नं ७ का चार नगरपालिकासहित दक्षिणी तराईका नगरपालिकामा लगानी गर्नेछ । सो प्रदेशका ४० प्रतिशत जनता गरिबीको रेखामुनि बाँच्दै आएका छन् । उनीहरुको उचित फोहर संकलन र प्रशोधन केन्द्रसम्मको पहुँच छैन ।

    सो परियोजनाबाट १५ लाखभन्दा बढी जनता लाभान्वित हुने बताइएको छ । परियोजनाअन्तर्गत २सयकिमी नाली निर्माण, २ सय ४० किमी सडकको सुधार, ४० किमी सडकपेटी निर्माण, चार फोहर संकलन केन्द्रको स्थापना र २० किमी ढल निर्माण गरिनेछ ।

    ‘नेपालको अर्थतन्त्र र विकासमा तराई क्षेत्रको योगदानलाई ध्यानमा राख्दा यस क्षेत्रमा सुविधा र पूर्वाधारमा सुधार ल्याउन अति जरुरी छ, यो परियोजनाले दक्षिणी भेगमा बस्ने जनतालाई दिगो, समावेशी प्रतिफल दिलाउनाका साथै प्रतिकूल मौसमको सामना गर्न सक्ने तुल्याउँछ,’ बैंकका शहरी विकास विशेषज्ञ भिभियन कास्ट्रो वल्र्डरिज्डले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij