मटनः १ केजी
प्याजः ५ सय ग्राम
लसुन: ४५ ग्राम
अदुवाः ४५ ग्राम
तेजपत्ताः केहि मात्रा मात्रै
गरम मसलाः २० ग्राम
केशरः २५ एमएल
घिउँः ५० ग्राम
नुनः स्वाद अनुसार
दशैंमा मासुको परिकार खाने हाम्रो परम्परा जस्तै हो। यो समयमा अधिकांश हिन्दु धर्मवालम्वीहरूले अफ्नो घरमा खसी काट्ने वा बजारबाट ल्याएर भनेपनि धेरै परिमाणमा मासुको उपभोग गर्ने गर्छन्।
मासु जति धेरै ल्याएपनि सही तरिकाले पकाउन जानिएन भने हाम्रो खर्च ब्यर्थ हुन जान्छ। आज हामीले भने मटन बिरयानी परिकारलाई कसरी बनाउने भनेर सिकाउँदैछौ।
१ केजी मासुको मटन बिरयानी कसरी बनाउने भनेर अाज हामीले सिकाउन लागेका छौँ । तर, तपाई आफ्नो आवश्यकता अनुसार मासुको परिमाण घटबढ गर्न सक्नुहुन्छ। सबै भन्दा पहिले भाडामा करीब ५० ग्राम घिउ तताउने। घिउ तातेपछि प्याज हाल्ने र त्यसलाई रातो हुनेगरी फ्राई गर्ने। प्याज फ्राई भइसकेपछि त्यहाँ मासु हाल्ने। त्यसपछि गरम मसला, अदुवा र लसुन, राखेर केहिबेर पकाउनु पर्दछ। त्यस लगत्तै ७ देखि ८ गिलास पानी राखेर छोप्ने। मासु राम्रोसँग पाकेपछि झोल र पिसलाई छुट्याउने। त्यसमा अब करीब ३ गिलास झोल बाँकी रहन्छ।
मटन बिरयानीको लागि भात पनि आवश्यकता पर्दछ। त्यसैले चामललाई नुन राखी उसिन्ने। भात राम्रोसँग पाकेपछि त्यसमा रहेकोे पानी हटाएर सुख्खा बनाउनु पर्छ।
अब अन्त्यमा अघि पाकेको मासु र भातलाई मिसाउने। त्यसमा ‘रोज वाटर’ अर्थात गुलाब जल पनि राख्ने। भात माथि धनिया र स्याफ्रोनको पात पनि राख्ने र राम्रोसँग मोल्ने। सबै राम्रोसँग मिक्स भएपछि फेरी केहिबेर पकाउने। यति गरेपछि तपाईको मटन बिरयानी तयार भयो।
