शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पोखराको होटल होटल स्नोल्यान्डमा आधा छुट

  • प्रकाशित मिति : बुधबार, अशोज ११, २०७४



  • पोखरा लेकसाइडको होटल स्नोल्यान्डले नेपालीहरुको महान् पर्व दसैंको उपलक्ष्यमा पाहुनाहरुलाई विशेष छुटको प्याकेज ल्याएको छ । यी पर्वका बेला होटलले आफ्ना कोठाको रेटमा आधा छुटको घोषणा गरेको हो ।

    ‘दसैंको बेलाका लागि मात्रै आधा छुट दिइनेछ,’ होटलका प्रबन्ध निर्देशक गणेशबहादुर थापाले भने ।

    उनका अनुसार यो योजना घटस्थापनादेखि सुरु भएको हो । कोजाग्रत पूर्णिमा भोलि अर्थात असोज २० गतेसम्म आधा छुटमा होटलका कोठा पाइनेछ ।

    ‘दसैंका बेला नेपालीहरुमा घुमफिरको संस्कृति बढोस् भन्ने उद्देश्यले विशेष छुटको योजना ल्याएका हौं’, थापाले भने, ‘लेकसाइडका पर्यटकीय होटल, रिसोर्टहरु सिजनमा पनि महँगो छैनन् र नेपाली पाहुनालाई विशेष सत्कार गर्न चाहन्छन् भन्ने सन्देश दिनु पनि हाम्रो उद्देश्य हो ।’

    होटलको  वेबसाइटमै गएर बुकिङ गर्नेहरुलाई मात्रै आधा छुटको व्यवस्था होटलले गरेको हो । अनलाइन पेमेन्ट गेटवे ईसेवा बाट भुक्तानी गर्न मिल्ने विशेष व्यवस्था होटलमा छ । अनलाइनबाट बुक पेमेन्ट गर्दा मात्र छुट पाउने र यसका लागि होटलको वेभसाईडमा प्रोमो कोड ९८५६०१०९९९ प्रयोग गरी ईसेवा मार्फत भुक्तानी गर्नुपर्नेछ ।

    ईसेवाबाट भुक्तानी गरी होटल रुम बुक गर्न मिल्ने सुविधा भएको होटल स्नोन्ल्यान्ड नै मुलुककै पहिलो होटल हो । छुटमा अनलाइनबाट कोठा बुक गर्दा होटल स्नोल्यान्डमा एक रातको न्यूनतम मूल्य १५ सय ५९ रुपैयाँ पर्न आउँछ । यो बिहानको नास्तासहितको मूल्य हो । अधिकतम् भने ३१ सय १८ रुपैयाँ पर्छ ।

    सन् १९७२ मा स्थापित पोखरा लेकसाइडकै सबैभन्दा जेठो होटल स्नोल्यान्ड टु स्टार होटल हो । यसमा ४२ कोठा, रेस्टुरेन्ट र कन्फेरेन्स हल छन् । होटलमा पर्याप्त पार्किङ सुविधा पनि छ । फेवा ताल र तालबाराही मन्दिर प्रवेश स्थल बाराही चोकमा नै होटल स्नोल्यान्ड छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij