आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्राफिक कारवाहीबाट पोखरामा ६२ लाख राजस्व संकलन

  • प्रकाशित मिति : बुधबार, अशोज ११, २०७४



  • जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आवको साउन र भदौमा सवारी कारबाहीबाट ६२ लाख ५०० रुपैयाँ राजस्व संकलन गरेको छ ।

    सो अवधिमा सवारी नियम उल्लंघन गर्ने ११ हजार ५५० सवारीसाधन कारबाहीमा परेको प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी शिवबहादुर थापाले जानकारी दिए । उक्त अवधिमा १९ सवारी दुर्घटना भएकामा आठ मानिसको मृत्यु भएको थियो भने १५ जना गम्भीर घाइते भएका थिए । मापसे गरी सवारी चलाउने ५९९ सवारी चालक कारबाहीमा परी तिनले  पाँच लाख ९९ हजार रुपैयाँ तिरेको सूचना अधिकारी थापाले बताए।

    यस्तै बढी भाडा लिने ११ बस र छ ट्याक्सी, हर्न निषेध उल्लंघन गर्ने ४५ ट्रक, ३५ बस, ६४ जिप÷कार, ६५ मोटरसाइकल पनि कारबाहीमा परेका छन् । त्यस्तै मोटरसाइकललाई रुपान्तरण गरी चलाउने ६८ मोटरसाइकल चालक र ट्याक्सीमा मिटर नराखी बढी भाडा लिने १७२ ट्याक्सी पनि कारबाहीमा परेको कार्यालयले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij