शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मुखै रसाउने चुकाउनी खान मन छ? यसरी बनाउनूहोस्

  • प्रकाशित मिति : बुधबार, अशोज ११, २०७४



  • आजभन्दा झन्डै ४० वर्षअघि नै विदेशी भान्छामा प्रवेश पाइसकेको चुकाउनी साकाहारी र बनाउन सजिलो परिकार हो।

    संसारका ७५ वटा चर्चित ‘मुखै रसाउने आलुका परिकार’ विशेषांककारुपमा गत वर्ष निस्किएको पुस्तकमा चुकाउनी समावेश छ। यो नै नेपाली खानाले सम्भवतः पहिलोपल्ट प्रवेश पाएको हुनसक्ने होटल व्यवसायी कर्ण शाक्यको भनाइ छ।

    विदेशसम्मै पुगे पनि नेपालभर भने चुकाउनीको स्वाद फैलिन भ्याएको छैन। कतिले नाम सुनेका मात्र छन्, स्वाद चाखेका छैनन्। कतिले यसलाई ‘पाल्पाली अचार’ का नाममा मात्र चिन्छन्। पाल्पा, अर्घाखाँची, गुल्मीतिरबाट बसाइँ सरेर विभिन्न क्षेत्र पुगेकाहरूले चिनजान–नातागोतालाई चखाएसँगै चुकाउनीको स्वाद फैलिएको हो। पछिल्लो समय बढेको आन्तरिक पर्यटनले यसको स्वाद धेरैको जिब्रोमा अडेको छ।

    तपाईंले चुकाउनी चाख्नु भएको छ त। छैन भने पनि चिन्ता नलिनूस्। हामीले यहाँ चुकाउनी बनाउने तरिका सिकाएका छौं।

    मुखै रसाउने चुकाउनी आफैं बनाएर जिब्रो पट्काउने प्रयास गरेर पो हेर्ने कि!

    आवश्यक सामग्रीः

    आलु– आधा किलो
    दही– आधा लिटर
    प्याज– आधा पाउ
    धनियाँ– एउटा सानो मुठा
    नुन– आवश्यकताअनुसार
    कागती– एउटा
    तोरीको तेल– तीन ठूलो चम्चा
    मेथी– एक चिम्टी
    बेसार– एक सानो चम्चा
    चुक अमिलो– एक ठूलो चम्चा
    काटेको हरियो खुर्सानी– आवश्यकताअनुसार
    तिल– ५० ग्राम

    बनाउने तरिकाः

    भान्छामा छिरिसकेपछि सबैभन्दा पहिले आलु उसिन्न भाँडो बसाल्नूस्। आलुका अरु अचार त पक्कै बनाउनुभएको छ! हो त्यत्तिकै गिलो भएपछि आलुलाई मझौला टुक्रामा काट्नूस्। फराकिलो भाँडोमा राख्नूस्, ताकि मोल्दा सजिलो होस्।

    आलु उसिनिरहेको समयमा तपाईंले अरु साम्रगी ठीक पारिराख्नूस्। जस्तो कि, तिल भुट्नूस् र मसिनोगरी पिस्नूस्। दही तयारी अवस्थामा होस्। मसिनो गरी प्याज काटिराख्नूस्। (प्याज नराखे पनि चुकाउनी बनाउन सकिन्छ)

    भाँडोमा काटेको आलु तयार छै हैन? त्यसमाथि काटेको प्याज राख्नूस्। नुन, भुटेको तिल र दही आलुमाथि खन्याइदिनूस्।

    अब तोरीको तेल तताउन एउटा भाँडो चुल्होमा बसाल्नूस्। (सूर्यमुखी या भटमासको तेल भए पनि हुन्छ।) तेल तातेपछि रातो खुर्सानी र मेथी फुराउनूस्। मेथी र खुर्सानी गाढा रातो हुँदै कालो हुन नपाउँदै बेसार राख्नूस्। बेसारलाई कालो हुन नदिनूस् है!

    अब आलु, र दही राखेको भाँडोमा खन्याएर झान्नूस्। खन्याएको तेल अलि सेलाएपछि हातले मोल्नूस् र चुक अमिलो या कागतीको रस हालेर फेरि मोल्नूस्। हरियो धनियाँ काटेर माथिबाट फुर्रफुर्र छर्कनूस्।

    देख्दैमा मुख रसाउने भएन त!

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij