शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

राष्ट्रपतिद्वारा पलाञ्चोक भवगतीको दर्शन र पूजापाठ

  • प्रकाशित मिति : बिहिबार, अशोज १२, २०७४



  • राष्ट्रपति विद्यादेवी भण्डारीले महाअष्टमीको दिन बिहीबार काभ्रेको पलाञ्चोक-९ मा रहेको पलाञ्चोक भवगतीको दर्शन र पूजापाठ गरेकी छन् ।

    बिहीबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति यहाँ आएकी हुन् । उनी नेपाली सेनाको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा अवरणपछि मन्दिर पुगेकी हुन् । उनको साथमा छोरी उषाकिरण भण्डारीलगायत सहभागी छन् ।

     

    राष्ट्रपति भण्डारीलाई काभ्रेका प्रमुख जिल्ला अधिकारी एवं  पलाञ्चोक भवगती विकास तथा सेवा समिति अध्यक्ष  शिवप्रसाद सिंखडालगायतले स्वागत गरे । गणतन्त्रपछि पलाञ्चोक भगवती मन्दिरमा

    राष्ट्रप्रमुख सहभागी भएको यो पहिलो पटक हो । यसअघि २०७१ कात्तिकमा तत्कालीन उपराष्ट्रपति परमानन्द झा आएका थिए ।

    मन्दिर विकास समितिले राष्ट्रपति भण्डारीलाई मन्दिरको जीर्णोद्धार  ऐतिहासिकताबारे जानकारी गराउने कार्यक्रम छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij