शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

झापा बनियानीका सन्थाललाई बाजा हस्तान्तरण

  • प्रकाशित मिति : शुक्रबार, अशोज १३, २०७४



  • संस्कृति जगेर्नामा सहयोग पुर्‍याउने उद्देश्यले सन्थाल समुदायलाई परम्परागत बाजा हस्तान्तरण गरिएको छ ।

    बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले सन्थाल समुदायको संस्कृति जोगाउन बाजा हस्तान्तरण गरिएको जानकारी दिए। बिर्तामोड वडा नं १ कार्यालयले सोही वडामा रहेका सन्थाल समुदायका अगुवालाई मादल, ड्रम, दमाहा, हार्मोनियम, झ्याम्टालगायत बाजा प्रदान गरिएको हो ।

    सन्थाल समाज उत्थान समितिका अध्यक्ष ढेना बेस्राले सन्थाल संस्कृति लोप हुन लागेको अवस्थामा रहेको बताए। “जातीय वेशभूषा, बाजागाजा लोपोन्मुख बन्दै गएको छ”, उनले भने, “प्राप्त बाजागाजाले लोकसंस्कृति जगेर्नामा सहयोग पुग्ने छ, यसको भरपूर उपयोग गर्नेछौँ ।” रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij