आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घरमै कसरी बनाउने स्वादिष्ट मटर पनिर

  • प्रकाशित मिति : शुक्रबार, अशोज १३, २०७४



  • मटर पनिर नेपालमा पनि निकै लोकप्रिय परिकार हो। सामान्यतया होटलमा खाइने यो परिकार घरमै पनि बनाउन सकिन्छ। सबै प्रकृया पुर्याएर बनाउनेहो भने आफैले घरमै होटलको जत्तिकै मिठो मटर पनिर बनाउन सकिन्छ।

    मटर पनि बनाउदा सामान्यतय पनिरलाई क्युब सेपमा काटिन्छ । सर्बप्रथम पनिरलाई तेलमा फ्राई गर्नुहोस। फ्राइ्र्र गर्दा पनिरलाई चलाई रहनुपर्छ जसले गर्दा सबैतिर समान रुपमा पाक्छ। पनिर रातो भएपछि त्यसलाई झिक्ने र थोरै पानी राखेको भाडोमा हाल्ने। पानीले पनिरलाई नरम बनाउन मद्धत गर्छ। पनिरलाई केहिबेर भिज्नको लागि छोड्दिने।

    अब कराई बसाल्नुहोस र त्योसमा थोरै तेल राख्नुहोस। तेल तातेपछि त्यसमा तेजपत्तता प्रई गर्नुहोस। लगत्तै त्यसमा ग्रिन्डरमा पिसेको प्याज हालेर चलाउने। प्याज हल्का रातो रङको भएपछि १ चम्चा बेसार,१ चम्चा जिरा धनियाको धुलो, लसुन अदुवाको पेस्ट, १ चम्चा नुन पालै पालो हालेर चलाउनुपर्छ। त्यस लगत्तै त्यसमा सानो कचौराको एक कचौरा ग्रिन्डरमा पिसेको गोलभेडा हालेर राम्रोसँग चलाउनुहोस। राम्रोसँग पाकेपछि त्यसमा १ चम्चा गरम मसला र थोरै धुलो खुर्सानी राखेर केहिबेर चलाउने।

    अब यसमा मटर हाल्ने र केहिबेर पाकेपछि अघि भिजाएको पनिर पानी सहितै हालिदिने। यसलाई केहीबेर पकाएपछि मटर पनिर तयार भयो।
    आवस्यक सामाग्री
    –पनिर
    –१ सानो कचौरा ग्रिन्डरमा पिसेको प्याज
    –१ सानो कचौरा ग्रिन्डरमा पिसेका गोलभेडा
    –मटर (केराउ)
    – तेजपत्ता
    –तेल
    – नुन
    – गरम मसला
    – जिरा धनियाको धुलो
    –रातो धुलो खुसार्नी
    – लसुन अदुवाको पेस्ट
    – बेसार
    सेफ परिचय


    कुमार चालिसे
    दुई दशकदेखि क्रियाशिल वरिष्ठ सेफ कुमार चालिसेको सहायताले तयार पारिएको हो। उनी अष्ट्रेलियको ‘टेफ एनएसडब्लु’ नामक संस्थाद्धारा ‘ट्रेनिङ एण्ड एसेसमेन्ट’ का लािग ‘सर्टिफाइड’ सेफ हुन्। हाल उनी बाजेको सेकुवामा कर्पोरेट सेफ तथा काठमाडौँको ‘गेट कलेज’ मा सेफ तथा निरिक्षकका रुपमा कार्यरत छन्।त्यस्तै उनले पाक्शास्त्रमा आधारित तीन पुस्तक लेखेका छन् भने नेपाली खानाका परिकारहरुको इतिहास सम्बन्धी पुस्तक प्रकाशनको क्रममा रहेको छ। यस बाहेक उनले डेढ दर्जनभन्दा बढि देशहरुमा नेपाली खानाका विभिन्न परिकारहरुको प्रवद्धन गर्ने कार्यक्रमहरु समेत आयोजना गरेका छन्।

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij