आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

  • प्रकाशित मिति : शनिबार, अशोज १४, २०७४



  • झापा ।  झापाको विभिन्न स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

    बिहीबार दिउँसो मेची राजमार्गअन्तर्गत चारआली–बुधबारे सडकखण्डमा दुर्घटना हुँदा झापा मेचीनगर–७ का ३५ बर्षीय मदन रिजालको मृत्यु भएको छ ।

    रिजाल सवार भएको मे २ प ७७५४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना १३ प ८०३३ नंको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।

    ठक्कर दिने मोटरसाइकलका चालक मकवानपुर हेटौँडाका ३५ वर्षीय प्रवीण सुवेदी गम्भीर घाइते भएको र उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार मृतक मदनकी पत्नी ३२ कल्पना रिजाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा नाम, ठेगाना खुल्न नसकेका एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

    दमक–४ स्थित चिया दोकान भन्ने स्थानमा मे ५ प २७३० नंको मोटरसाइकलले ठक्कर दिँदा करिव ८० वर्षीय ज्येष्ठ नागरिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    ठक्करबाट घाइते भएका उनको दमकस्थित निम्स नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इप्रका, दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

    ठक्कर दिने मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij