प्रकाशित मिति : आइतवार, अशोज १५, २०७४
स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुुरु भएको छ । पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ ।
शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुुँदा एकजना तीन वर्षीया वालिकाको हत्या भएको छ ।
खानेपानीको निहुुमा हुुलास राय यादव र छिमेकी कृष्ण चौधरीबीच राति १० बजे भनाभन भएकोले यादव पक्ष नेपाली काँग्रेस र चौधरी पक्ष नेकपा एमाले भन्दै पछि झडपमा परिणत भएको थियो ।
झडपमा हुुलास यादवको तीन वर्षीया छोरी अञ्जली कुुमारीलाई चोट लागेर मृत्युु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए।
काँग्रेस समर्थित हुलास राय यादव र एमाले समर्थित कृष्ण चौधरीलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए।यस अघि रौतहटमा निर्वाचन पछि तीन जनाको हत्या भइसकेको छ ।
मौलापुुर नपा–५ बजार छेउमा रहेको चिरान मिलका धनी चन्द्रपुुर नपा–१० बाल्चनपुुर बरेडवा घर भएका ४५ वर्षीय बिरेन्द्र साह, परोहा नगरपालिकामा पराजित नेपाली काँग्रेसका वडाध्यक्ष उमेदवारका छोरा स्वयव अक्बर र कटहरिया नगरपालिकामा राजपा कार्यकर्ता रामपुुकार यादवको हत्या भइसकेको छ ।
निर्वाचनको दुुइहप्ता बित्न लाग्दासम्म जितहुुने र हार हुुने पक्षबीच अत्यधिक तनाव रहेको कारण अहिले प्रायःसबै गाँउमा दैनिकजसो कुनै न कुुनै निहुुमा विवाद भइरहेको देखिएको छ ।
स्थानीय निर्वाचनमा कतिपय स्थानमा जितको खुुसियालीमा कार्यकर्ता बढी उचश्रृंखल भएको देखिएका छन् भने कतिपय ठाउँमा हार बेहोरेका कार्यकर्ता भोट नदिएको भन्दै अत्यधिक रिस गरेका कारण विवाद बढेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले बताए। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij