शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सुकुम्बासी बस्तीमा लागेको आगोले ५० परिवार बेघर

  • प्रकाशित मिति : सोमवार, अशोज १६, २०७४



  • सात वर्षदेखि बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएका अर्जुन गुरुङ दमका बिरामी हुन्। अक्सिजन सिलिन्डर सँगै राख्नुपर्ने उनको बाध्यता छ। तर, ६५ वर्षीय गुरुङसँग आजदेखि केही रहेन। बस्ने एउटा टहरोदेखि भाँडाकुँडा, लत्ताकपडा सबै आगोले जलाएर खरानी बनाइदियो।

    आठ कक्षा पढ्ने नातिनी र श्रीमतीसित बस्दै आएका गुरुङजस्तै ५० घरपरिवार सुकुम्बासीको सबै जलेर खरानी भएको छ। शनिबार राति पौने ११ बजेतिर लागेको आगोले बल्खुमा रहेको सुकुम्बासी बस्तीका ३९ टहरा जलेर नष्ट भएका हुन्।

    दुःख मजदुरी गरेर जोरजाम गरेका सामग्री र टहरो नष्ट भएसँगै आफूहरुको उठिबास भएको र फेरि गृहस्थी जोड्न नसक्ने अवस्थामा पुगेको गुरुङ बताउँछन्।

    छ वर्षदेखि उक्त बस्तीमा बस्दै आएका कामेश्वर लामाले घरसंसार नै त्यही टहरो भएकाले आगोले सखाप पार्दा अकल्पनीय पीडा भएको बताए।

    ‘जे भने पनि त्यही टहरो थियो,’ उनले भने, ‘कहीँ केही नभएर सुकुम्बासी बस्तीमा बसेका हामी अब आजदेखि कहाँ बस्ने?’
    आगलागीले बस्तीमा मानवीय क्षति नभए पनि उनीहरुसँग भएको अलिअलि सम्पत्ति केही छाडेन। स्कुले बच्चाका किताबदेखि ड्रेससम्म सबै जलेर नष्ट भए।

    ‘अब स्कुल खुले पनि यहाँका बच्चाहरू स्कुल जानसक्ने अवस्थामा छैनन्, हामीले आजको भोलि त्यस्तो जोरजाम गर्न सक्दैनौं,’ लमाले भने, ‘तौलेर जीविका चलाउने हामीले एउटा सिंगै गृहस्थी बसाउन असम्भव नै छ।’

    वृद्धवृद्धा, बालबालिका, सुत्केरीको अवस्था झनै संकटपूर्ण भएको अर्का पीडित नेत्रजंग फागौले जानकारी दिए।

    ‘आजदेखि कहाँ बस्ने, के खाने, के लगाउने?’ फागौले भने, ‘एउटा टहरा बनाउन मात्र ३–४ लाख रुपैयाँ लाग्छ, त्यत्रो कहाँबाट ल्याउने?’

    लगाएको एकजोर लुगाबाहेक पीडित कसैसँग केही बाँकी नरहेको उनले बताए। सबैलाई ज्यान जोगाउनै गाह्रो परेकाले कसैले केही जोगाउन नभ्याएको उनको भनाइ छ।

    घरसँगै रहेको चर्च पनि जलेर नष्ट भएको छ। गए राति एउटा टहरामा बलिरहेको दियो ढल्दा आगो सल्किएको बताइएको छ।

    आगो लागेलगत्तै प्रहरी टोली पुगेको थियो। ललितपुर, काठमाडौं, भक्तपुर प्रहरी र नेपाली सेनाको दमकलले मिलेर आगो निभाएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij