शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

महोत्तरीमा पाँचजनामा डेंगु रोग संक्रमित

  • प्रकाशित मिति : सोमवार, अशोज १६, २०७४



  • महोत्तरीको बर्दिबासमा पाँचजनामा डेंगु रोगको संक्रमण देखिएको छ ।

    स्वास्थ्य चौकी गौरीवासका प्रमुख महेन्द्र साहसहित स्थानीय पाँचजनामा उपचारका क्रममा डेंगुको संक्रमण फेला परेको हो ।

    संक्रमित हुनेमा बर्दिबास नगरपालिका वडा नं १ का ३८ वर्षीय किशोर भट्टराई, वडा नं २ की ३० वर्षीया प्रमिला कार्की, वडा नं ५ की ६० वर्षीया खिनमाया पोखरेल र वडा नं १४ का ४० वर्षीय खुरहरि अधिकारी रहेको बर्दिवासस्थित सरकारी अस्पतालका जनस्वाथ्य निरीक्षक मीनबहादुर सेनले बताए ।

    बर्दिबासस्थित शुभस्वस्तिक हस्पिटल र बर्दिबासस्थित सरकारी अस्पतालमा उपचार गराउन गएको समयमा उनीहरुमा सो संक्रमण भएको तथ्य सार्वजनिक भएको जिल्ला अस्पताल महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद यादवले जानकारी दिए ।

    गृहजिल्ला महोत्तरीमा रहेका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले यस्ता महामारीको प्रकोपलाई नियन्त्रण गर्नका लागि प्रमुख यादवलाई निर्देशन दिइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

    जिल्लामा डेंगु परीक्षणका लागि कीट प्रशस्तमात्रामा रहेकाले नियन्त्रणमा यहाँका स्वास्थ्यकर्मी जुटेको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए ।

    महोत्तरी जिल्ला कालाजार र मलेरिया रोगले ग्रसित रहेको छ । स्वास्थ्यकर्मीले रोगबाट बच्नका लागि स्थानीयवासीलाई वातावरणमा सरसफाइतर्फ विशेषरुपमा ध्यान दिनका लागि आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij