शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मुस्ताङको भम्रण गर्ने बढेपछि बेनीका होटल भरिभराउ

  • प्रकाशित मिति : मङ्लबार, अशोज १७, २०७४



  • बेनी–जोमसोम सडक हुँदै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन् ।

    दशैं बिदा सदुपयोग गर्दै मुस्ताङको भम्रणमा आउने पर्यटकको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वरलगायतका क्षेत्रका होटल भरिभराउ भएका हुन् ।

    दशैंको टीकाको भोलिपल्टदेखि मुस्ताङ भम्रणमा आउनेको भिड बढेसँगै होटल भरिभराउ भएको र होटलको क्षमताभन्दा पनि बढी पाहुना आउन थालेपछि व्यवस्थापन गर्नै मुश्किल परेको बेनीस्थित होटल शिखरका सञ्चालक सुजन बरुवालले बताए।

    दशैं बिदामा मुस्ताङ भम्रण गर्नेले बास बस्न बेनीका होटलमा अग्रिम बुकिङसमेत गर्न थालेका छन् । पर्यटकको चाप बढेपछि बेनीका ठूला तथा साना होटल पाहुनाले दैनिकजसो भरिभराउ हुन थालेका हुन् ।

    मुस्ताङको प्रसिद्ध मुक्तिनाथ, लोमानथाङलगायतका ठाउँको भम्रणका लागि नेपालका विभिन्न क्षेत्रबाट सयौँको संख्यामा मोटरसाइकल र अन्य सवारीसाधनमार्फत आन्तरिक पर्यटक भित्रिरहेको दानाका होटल व्यवसायी इन्द्रसिंह शेरचनल जानकारी दिए।

    निजी तथा सार्वजनिक सवारीसाधन हुँदै पर्यटक भित्रने क्रम बढेपछि बेनीसँगै बेनी–जोमसोम क्षेत्रका होटल व्यावसायी उत्साहित छन् । निजी सवारीसाधनमा आएका पर्यटकले मुस्ताङसँगै सडकखण्डअन्तर्गत पर्ने म्याग्दीको धार्मिक एवं पर्यटकीयस्थल गलेश्वर, तातोपानी कुण्ड, रुप्से झरना, अन्धगल्छीलगायतका पर्यटकीयस्थलको समेत अवलोकन गर्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij