शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पोखरामा फुलमुन बन्जिजम्प

  • प्रकाशित मिति : बुधबार, अशोज १८, २०७४



  • पोखरा लेखनाथ महानगरपालिका हेम्जामा संचालन भएको बन्जिजम्पमा पूर्णिमाको रातमा पाचौँ संस्करणको फुलमुन बन्जिजम्प हुने भएको छ ।

    हाइग्राउन्ड एड्भेन्चर्स नेपाल प्रालिले असोज १९ गते पूर्णिमाको रातमा फुलमुन बन्जिजम्प फेरी सञ्चालन गर्ने भएको हो । साहसिक खेल पर्यटनमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी फुलमुन बन्जिजम्प संचालन गर्न लागेको हो ।

    रातमा पनि बन्जिजम्प सञ्चालनसँगै पोखरामा साहसिक खेलमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास कम्पनीको छ । साहसिक खेल पर्यटनमा रमाउन चाहने पर्यटकलाई थप आर्कर्षित गर्न यो कार्यक्रम आयोजना गरिएको कम्पनीका पोखराका प्रमुख दिनेश मर्हजनले जानकारी दिए । पोखरामा साहसिक पर्यटनका लागि अन्य खेलहरु भएपनि बन्जिजम्प रातमा अन्यत्र नभएको बताए ।

    रातिमा गरिने बन्जीजम्पले यो खेलमा झन रोमाञ्चकता थपेको छ उनले भने । फुलमुन बन्जी सुरु हुनु अगाडि म्युजिकल इभेन्टहरु समेत संचालन हुनेछ । फुलमुन बन्जीजम्प साँझ ७ बजे देखि राति ११ बजे सम्म सञ्चालन गरिनेछ । यसमा एक रातमा ५० देखि ९० जनासम्म सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । फुलमुन बन्जिजम्प गर्न नेपालीले प्रतिव्यक्ति ३५ सय र विदेशीले ६८डलर लाग्ने उनले बताए ।

    मंगलम ग्रुप र गोल्छा अर्गनाइजेसनको संयुक्त कम्पनी हाइग्राउन्ड एडभेन्चर्स नेपाल प्रालिले पोखराको हेम्जामा चारबर्ष अघिदेखि टावर बन्जीजम्प संचालन गर्दे आएको छ । यो नेपालमा संचालित पहिलो टावर बन्जीजम्प पनि हो । ४५ मिटर लामो पुल आकारको टावरबाट ८५ मिटर तलको याम्दी खोला किनारमा बन्जीजम्प गराउने गरिएको छ । कम्पनीले पोखरामै सराङकोटदेखि हेम्जासम्म जीप फलायर समेत संचालन गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij