आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शिक्षा क्षेत्रमा सुधारको माग गर्दै विद्यार्थीद्वारा अनशन

  • प्रकाशित मिति : बुधबार, अशोज १८, २०७४



  • शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका बाल क्लबका विद्यार्थीले आजबाट राजविराजमा अनशन शुरु गरेका छन् ।

    सप्तरीको राजविराजस्थित गजेन्द्र चौकमा लालिगुराँस बाल क्लबका बालबालिकाले १४ सूत्रीय माग राख्दै अनशन शुरु गरेका हुन् ।

    बालबालिकाले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, बन्द हडतालका बेला विद्यालयलाई बन्द गर्न नहुने, कक्षा १२ सम्मको रजिष्ट्रेशन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निःशुल्क उपलब्ध गराउनुपर्ने, सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्नेलगायतका १४ सूत्रीय माग राख्दै अनशन सुरु गरेको लालिगुराँस बाल क्लबका अध्यक्ष मोहमद जकाउल्लाहले बताए।

    आफूहरुले पटकपटक विभिन्न आन्दोलनका कार्यक्रम गरेको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेकाले बाध्य भएर आज पुनः अनशनमा बसेको उनले बताए।सयाैंकाे संख्यामा रहेका बाल क्लबका बालबालिका तथा विद्यार्थीले विभिन्न प्लेकार्डसहित अनशन शुरु गरेका गरेका छन् ।

    आफूहरुको मागप्रति ध्यान नदिए कडा आन्दोलनसमेत गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

    यता सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले लालिगुराँस बाल क्लबका बालबालिकाले गरेको अनशनको विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए।

    बाल क्लबका बालबालिकाले गत असारमा पनि चार दिन रिले अनशन गरेका थिए ।

    जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले शिक्षा कार्यालयको तर्फबाट उनीहरुको माग सम्बोधनका लागि पहल गरिसकेको बताए। (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij