आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२३ घुमुवा प्रहरी एकमहिना देखि थुनामा, यातना दिएको आरोप

  • प्रकाशित मिति : बिहिबार, अशोज १९, २०७४



  • काठमाडौं, असोज १९ । जिम्मेवारीविपरित गतिविधिमा लागेको आरोपमा प्रदेश नम्बर १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ प्रहरी एकमहिनादेखि थुनामा छन् ।

    उनीहरुलाई बाहिर जान नदिई गणमा राखिएको छ । प्रदेश न. १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका नामले चिनिने सादा पोसाकमा काम गर्ने प्रहरीहरुमाथि शुद्धीकरण अभियान सुरु गरेको हो ।

    तर ती प्रहरीले भने विना कुनै कारण आफूहरुलाई घर जान समेत नदिइ थुनामा राखेर यातना दिइएको भन्दै असन्तुष्टी जनाएका छन् ।

    प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्लामा कार्यरत २४ जना सादा पोसाकमा कार्यरत प्रहरीले तालिम दिएको थियो ।

    त्यसपछि १० असोजदेखि उनीहरुलाई विराटनगरको रानीस्थित प्रहरी गणमा राखिएको छ । -नयाँ पत्रिका दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij