शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

७ सय बढी टावरबाट फोरजी दिँदै एनसेल

  • प्रकाशित मिति : शुक्रबार, अशोज २०, २०७४



  • निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले ७ सय भन्दा बढी टावर जडान गरी चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ। माउ कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुन) को वित्तीय विवरण अनुसार एनसेलले जुन महिनाको अन्त्य (असारको मध्य) सम्ममा ६९९ वटा फोरजी टावर जडान गरिसकेको छ।

    ग्राहकलाई दु्रतगतिको मोबाइल इन्टरनेट सेवा प्रदान गर्न एनसेलले फोरजी जेठ १८ बाट संचालनमा ल्याएको थियो। प्रथम चरणमा काठमाडौं उपत्यका, बनेपा र धुलिखेललाई लक्षित गर्दै संचालनमा ल्याएको फोरजी हाल देशका विभिन्न १९ शहरमा संचालनमा आएको कम्पनीले जनाएको छ। सन् २०१८ को अन्त्य सम्ममा देशको ४० शहरहरुमा यो सेवा पुर्याउने लक्ष्य रहेको कम्पनीले बताएको छ।

    प्रतिवेदनका अनुसार, जेठ १८ बाट संचालनमा ल्याइएको फोरजी सेवा र विभिन्न अफरहरुले गर्दा पहिलो त्रैमासिकको तुलनामा डाटाको आयमा ११.५ प्रतिशतले वृद्घि भएको छ। यसले एनसेलको आय ३.९ प्रतिशतले बढाएको छ। दोस्रो चौमासिकमा एनसेलको खुद नाफा ३५ प्रतिशतले बढेको जनाइएको छ।

    दोस्रो त्रैमासिकमा कम्पनीको कुल आय १४.४७ अर्ब रहेकोमा डाटा योगदान १८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। एनसेलको तथ्यांक अनुसार कुल एक करोड ५६ लाख ग्राहक रहेकोमा ४४.४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन्।
    प्रतिवेदनका अनुसार, एनसेलका डाटा ग्राहकले प्रतिमहिना ३४१ एमबि डाटा उपभोग गरेका गर्ने गरेका छन् । गत वर्ष सोही अवधिमा प्रतिग्राहक प्रतिमहिना डाटा उपयोग १६० एमबि थियो।

    पछिल्लो समयमा पनि फोरजी सेवाको विस्तारसँगै एनसेलले डाटाको शुल्क घटाउदै नयाँ प्याकहरु ल्याएको छ। यस अन्र्तगत ग्राहकले कुनै पनि डाटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डाटा बोनस स्वरुप प्राप्त गर्न सक्छन् र कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डाटा सेवाको मज्जा लिन सक्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij