शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

महालेखाको ताकेतापछि बिमा संस्थान तात्यो

  • प्रकाशित मिति : सोमवार, अशोज २३, २०७४



  • महालेखा परीक्षकको कार्यालयले ताकेता गरेपछि राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीले धमाधम वित्तीय विवरण बुझाउन थालेका छन् । कार्यलयले भदौ अन्तिमसम्ममा हालसम्मको वित्तीय विवरण नबुझाए कारवाही गरिने बताएपछि संस्थान र कम्पनीले वित्तीय विवरणको लेखापरीक्षण गर्ने कार्यलाई तीब्र पारेका हुन् ।आजको कारोबारमा खबर छापिएको छ ।

    महालेखा परीक्षकको कार्यलयका अनुसार भदौ अन्तिमसम्ममा संस्थानले आव २०६६/६७ देखि २०६८/६९ सम्मको वित्तीय विवरण प्रमाणित गरिसकेको छ । तर, प्रारम्भिक प्रतिवेदनको जवाफ भने आउन बाँकी रहेको बताइएको छ । त्यस्तै, त्यसपछिका आवदेखि आव २०७१/७२ सम्मको लेखापरीक्षण गर्न लेखापरिक्षक नियुक्ति भैसकेको समेत बताइएको छ । आव २०७२/७३ को वित्तीय विवरण तयारीको क्रममा रहेको कार्यलयले बताएको छ ।
    त्यस्तै, राष्ट्रिय बिमा कम्पनीले भने आव २०६६/६७ देखि ३०६८/६९ सम्मको प्रारम्भिक प्रतिवेदनको जवाफ दिन बाँकी रहेको र आव २०६९/७० पछिको लेखापरीक्षण गर्न लेखापरीक्षक नियूक्ति भई यथाशीघ्र लेखापरीक्षण सक्ने कार्ययोजना तयार गरेको बताएको छ ।
    कार्यलयको निर्देशनपछि संस्थान तथा कम्पनीले तीव्र गतिमा लेखापरीक्षण गर्ने कार्य अगाडि बढाएको कार्यलयका नायव महालेखा परिक्षक रामुप्रसाद डोटेलले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij