शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

चिकित्सकमाथि हातपातपछि अस्पतालको सेवा प्रभावित

  • प्रकाशित मिति : सोमवार, अशोज २३, २०७४



  • डियुटीमा रहेका चिकित्सकमाथि बिरामीका आफन्त हातपातमा उत्रिएपछि आइतबार बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको सेवा प्रभावित बनेको छ ।

    शनिबार राति अस्पतालमा सुत्केरी वार्डमा महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामा बच्चा जन्मिएको विषयलाई लिएर सुत्केरी महिलाका आफन्तले अस्पतालका चिकित्सक, नर्स र अस्पतालको सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरेका थिए।

    आफन्तले अस्पतालका डा सत्यप्रकाश कोइरालामाथि हातपात गरेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए। चिकित्सक र स्वास्थ्यकर्मीले घटनाको विरोधमा आइतबार बिहानदेखि आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन्।

    उक्त क्रममा अस्पतालमा खटिएका एक प्रहरी जवानको टाउकामा गम्भीर चोट लागेको छ।

    अस्पतालका चिकित्सक महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामै जन्मिएको दाबी गर्छन्। तर महिलाका आफन्तले भने सुत्केरीको वार्डमा रहेको नर्सको लापर्बाहीले बच्चाको मृत्यु भएको आरोप लगाएका छन्। ‘जन्मिँदै बच्चाको मृत्यु भइसकेको थियो।’ चिकित्सक कोइरालाले भने – ‘तर महिलाका आफन्त आक्रोशमा आएर हातपातमै उत्रिए।’

    बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै आक्रमण गर्ने कामले असुरक्षित भएको भन्दै आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चिकित्सकमाथि आक्रमणमा संलग्न भएकाले बिरामीका पाँच जना आफन्तलाई नियन्त्रणमा लिएको बताए। उनले घटनामा संलग्नमाथि आवश्यक कानूनी कारबाही हुने बताए। चिकित्सकको आन्दोलनपछि अस्पतालको सेवा प्रभावित बनेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij