आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिरमीनिया घटनामा सम्वाद प्रक्रिया जारी ‘स्थीती सहज तथा सौहार्दोन्मुख ’

  • प्रकाशित मिति : सोमवार, अशोज २३, २०७४



  • मधु पौडेल , असोज २३ बाँके । आपसी विवादपछिको उत्पन्न ढुंगामुढाको स्थितीबाट आक्रान्त बाँकेको हिरमीनीया विस्तारै सहज तथा सौहार्दोन्मुख छ । नेपालगञ्जदेखि दक्षिण पुर्व ६ किमीको दुरीमा रहेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका केही स्थानमा असोज १५ गते अर्थात दशैको भोलीपल्ट स्थानीयवीच विवाद बढेर झडपको स्थिती सिर्जना भएको थियो भने ५ जना घाईते भएका थिए ।

    विभिन्न गाउँमा राखिएका दशैंको दुर्गा मूर्ति र मोहरर्मको ताजिया विसर्जनका लागि लैजाँदै गर्दा दुई पक्ष (हिन्दु र मुस्लिम यूवा)बीच विवाद सिर्जना भई हात हालाहाल र ढुंगामुढाको स्थिती उत्पन्न भएको थियोे । सुव्वापुर्वामा मुस्लिम यूवाहरुले बाजा नबजाउन गरिएको दवावलाई हिन्दु यूवाहरुले सहन नसकेपछिको उत्पन्न स्थिती सबैको सुझवुझपछि साम्य भएपनि पुन बल्दीपुर्वामा घट्ना पुनरावृति हुन पुगेको थियो ।

    दुई पक्षवीचको झडपले स्थिती तनावपूर्ण भएपछि प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरेर स्थिती नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरिक्षक टेक बहादुर तामाङले जानकारी दिनु भयो । सो घटना लगत्तै विवाद-द्धन्द्ध व्यवस्थापनमा क्रियाशिल सम्वाद समूह बाँकेले चाँसोका साथ सम्वाद प्रक्रिया बढाएपछि अहिले स्थिती सामान्य बन्दै गएको छ भने आपसी सम्वन्ध सुदृढ हुँदैछ । घटनालगत्तै विवाद विश्लेषण तथा शान्ति- सदभाव कायमका लागि समूहका तर्फबाट सरोकारवालासँग स्थलगत भेटघाट, अध्यन र सम्वाद प्रक्रिया बढाइएको थियो । समूहका सहजकर्ता शुक्रऋषि चौलागाई, समूहका सदस्य अधिवक्ता द्धय प्रहलाद वहादुर कार्की, विश्वजित तिवारी र मधु पौडेलसहितको टोलीले वडा अध्यक्ष मोहनराज मिश्र, हिरमिनीया पुर्व अध्यक्ष अशिक अली शेष, प्रत्यक्षदर्शी, पीडित, प्रहरी इन्चार्ज लगायत दुई दर्जन बढीसँग सम्वाद गरेको थियो ।

    सम्वाद प्रक्रियामा पीडितहरुले आफुहरुमाथिको पीडा र आधात कम गर्न र न्याय दिन राज्य लगायतले पहल गर्नु पर्ने माग गरेका छन् । ढंगा प्रहारबाट सामान्य घाईते उनीहरुले आफनै खर्चमा उपचार गराएका छन् । घटनाका ं प्रत्यक्षदर्शी÷घाइते एवं हिरमिनीया ४ (साविक)का पुर्व अध्यक्ष बाबुलाल यादवले आपसमा मिल्नु बाहेकको विकल्प नभएको भन्दै एक अर्को व्यक्ति र समुदायप्रतिको रिस पखालीनुपर्ने बताउनु भयो ।

    सुव्वापुर्वाका मुस्लिम यूवा अगुवा विराउन शेष स्थिती सहज देखिएपनि एक अर्काप्रतिको दुरभाव कम गर्ने कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यक्ता औल्याउनुहुन्छ । सुक्ष्म अध्यनसँगै सम्वाद प्रक्रियालाई व्यापक र प्रभावकारी बनाउन क्रियाशिल समूहको वैठकले हिरमिनीया जस्ता घटना पुनरावृति हुन नदिन र सौहार्दपूर्ण वातावरण कायम राख्न थप सम्वाद र कार्यक्रम अघि बढाउने तयारी गरेको छ । घट्नामा प्रत्यक्ष सरोकार राख्ने र सरोकारवाला जिम्मेवार व्यक्तिसहितको सामुहिक छलफल गरि प्रतिवद्धता लिने र घटनास्थलमै आपसी मिलन लगायतका कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij