आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नयाँ सिइओ नियूक्त भएका दिन नेप्से ८ अंकले घट्यो

  • प्रकाशित मिति : सोमवार, अशोज २३, २०७४



  • नेप्सेले प्रमुख कार्यकारी अधिकृत पाएको पहिलो दिन परिसूचक भने ८ अंकले घटेको छ। मन्त्रिपरिषद बैठकले चन्द्रसिंह साउदलाई नियूक्त गरेका दिन ८. १ अंकले घटेर नेप्से १५०१ अंकमा अडेको छ।

    यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४९ करोडको कारोबार भएकोमा आज कुल १५२ कम्पनीको ३१ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन अन्यबाहेक सबै समूहहरु ओर्लिएका छन्। सो समूह भने ४ अंकले बढ्यो। बैंकिङ ९, व्यापार ३, होटल १, विकास बैंक १२, जलविद्युत ६, फाइनान्स ८ र बिमा समूह ४७ अंकले घटेका छन्।

    कारोबारका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको २ करोडको सेयर किनबेच भयो भने मूल्य प्रतिकित्ता ३४४ कायम भएको छ। चिलिमेको १ करोड ४५ लाख, स्टान्डर्ड चार्टड बैंकको १ करोड ३९ लाख तथा नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २० लाखको सेयर खरिदबिक्री भएको छ।

    अन्य कम्पनीहरुको कारोबार भने १ करोडमुनि रह्यो। किसान माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ३.९ प्रतिशत नाफा कमाए। पोखरा फाइनान्स, बुटवल पावरका लगानीकर्ता पनि नाफामा रहे।

    ग्रामीण विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ५.७ प्रतिशत मूल्य गुमाएका छन्। यस दिन पूर्णिमा विकास बैंक र एनबि इन्स्योरेन्सको  हकप्रद सेयर सूचीकृत भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij