नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा निमार्ण व्यवसायीहरुले देशभरका निमार्ण कार्य ठप्प पारेका छन् ।
महासंघको सोमबार साँझ बसेको बैंठकले देशभरका निमार्ण कार्य स्थगन गर्ने निर्णय गरेको महासंघका उपमहासचिव विष्णु बुढाथोकीले जानकारी दिए।
बोलपत्र बहिष्कार गर्ने र देशभर रहेका निमार्ण व्यवसायीको कार्यालय बन्द गर्ने उनले बताए। महासंघले तत्काल हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेको छ ।
निमार्ण व्यवसायीहरुले सोमबार साँझ गृहमन्त्री जर्नादन शर्मा प्रभाकरलाई गृहमन्त्रालयमा भेटेका छन् ।
गृहमन्त्रीसँगको भेटमा व्यवसायीहरुले आफूहरुमाथि सुरक्षा चुनौति बढेको बताए । सो क्रममा गृहमन्त्री शर्माले छिट्टै अपराधीलाई कानुनी कठघरामा ल्याइने बताए ।