विवेकशील साझाका एक नेताले भने, ‘काठमाडौंका थप दुई निर्वाचन क्षेत्रमा पनि उम्मेदवार उठाउने छलफलमा हामी छौं।’
उनले काठमाडौं २ र ६ बाट उम्मेदवारी दिने तयारी भइरहेको बताए।
‘आचार्य र खनालमध्ये कसलाई नेकपा एमालेका नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको क्षेत्र नम्बर २ बाट उठाउने भन्ने छलफल चलिरहेको छ,’ ती नेताले भने, ‘त्यहाँ प्राध्यापक आचार्यलाई उठाउनु पर्ने कतिपय साथीहरु विचार छ भने वामपन्थी मत धेरै भएको सो क्षेत्रमा कम्युनिष्ट पृष्ठभूमिबाट आएका खनाललाई उठाउँदा ठीक हुने तर्क पनि छ।’
यी दुईमध्ये एकजनालाई २ र अर्का ६ नम्बर उठ्ने छन्।
काठमाडौं ६ बाट गत संविधान सभामा कांग्रेस नेता तथा रक्षामन्त्री भिमसेनदास प्रधानले जितेका थिए।
यी दुबै नेता यसपालि पनि तिनै क्षेत्रमा उठ्ने लगभग निश्चित छ।
