प्रकाशित मिति : मङ्लबार, अशोज २४, २०७४

मंगलबारदेखि आगामी असोज ३० गते बेलुका ५ बजेसम्म आवेदन दिन सकिनेछ। १० रुपैयाँको टिकट टासी निवेदन काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी परिसर र ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सकिने सूचनामा उल्लेख छ। उनीहरुले प्रहरी जवान सरह आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउने छन्।
न्यूनतम योग्यता नेपाली नागरिक हुनुपर्ने छ र कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएक, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त रहेकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
म्यादीका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा कार्यरत रही पेन्सन वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी, पूर्व वन रक्षकहरु, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको भर्नाको लागि आवेदन गरी शारीरिक परीक्षणमा समेत समावेश भएका प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरु, विदेशी मुलुकका सुरक्षा निकायहरुमा काम गरी सेवा निवृत्त नेपाली पूर्व सुरक्षाकर्मीहरु विगतका संविधान सभा निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई राम्रो काम गरेका व्यक्तिहरुले प्राथमिकता पाउनेछन्।
ड्यूटीमा खटिने म्यादी प्रहरीलाई ७ दिनको लागि प्रतिदिन दुई सय ५० रुपैयाँको दरले विशेष भत्ता र सात दिनकै लागि प्रतिदिन दुई सय ५० रुपैयाँ खाजा र खाना खर्च उपलब्ध गराइने छ।
यसैगरी, निर्वाचनमा खटिएका म्यादी प्रहरीको मृत्यु भएमा आश्रित परिवारलाई १५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराइने प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij