आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भन्सार कार्यालयमा कर्मचारी नहुँदा बहुमूल्य जडिबुटीको तस्करी बढ्यो

  • प्रकाशित मिति : बुधबार, अशोज २५, २०७४



  • ताप्लेजुङ, असोज २५ । ताप्लेजुङको ओलाङ्चुङगोलास्थित भन्सार कार्यालयमा कर्मचारी नबस्दा बहुमूल्य जडिबुटीको तस्करी बढेको छ ।

    भन्सार कार्यालयमा एक जना पनि कर्मचारी नबस्दा चिराईतोलगायत बहुमूल्य जडिबुटीको तस्करी बढेको हो ।

    चीनको तिब्बतमा चिराईतोसहित अन्य जडिबुटिको निकासी हुने ओलाङ्चुङगोला नाकामा रहेको भन्सार कार्यालयमा राजस्व संकलन गर्ने एक जना पनि कर्मचारी बस्ने गरेका छैनन् ।

    अधिकांश समय भन्सार कार्यालयमा ताला झुन्डिने गरेको छ । ओलाङ्चुङगोलाकै स्थानीय एक कार्यालय सहयोगीले कहिलेकाहीँ मात्र कार्यालय खोेल्ने गरेका छन् ।

    भन्सार कार्यालय नियमित सञ्चालन नहुँदा यो मार्ग हुँदै गैरकानुनी व्यापार व्यवसाय बढेको स्थानीय बासिन्दाले बताएका छन् ।

    भन्सार कार्यालयका प्रमुख बसन्त केसी कहिलेकाहीँ मात्र आउने गरेका छन् । आठ जनाको दरबन्दी रहेको कार्यालयमा कर्मचारी नहुनाले राजस्व संकलन प्रायः ठप्प छ ।

    जिल्लाको हिमाली क्षेत्रमा पाइने दुर्लभ कुड्की, पाँचऔले, माईकोपिला साथै चिराईतोलगायतका जडिबुटी चोरी निकासी हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij