आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल भ्रमणमा रहेका एएफसीका अध्यक्ष र एन्फाका पदाधिकारीबीच छलफल

  • प्रकाशित मिति : बुधबार, अशोज २५, २०७४



  • काठमाडौं, असोज २५ । नेपाल भ्रमणमा रहेका एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफाले आज अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

    एन्फा कम्प्लेक्स सातदोबाटो पुगेर अध्यक्ष शेख सलमानले नेपाली फुटबलका विभिन्न पक्षबारे जानकारी लिएका हुन् । सो अवसरमा एन्फाका तर्फबाट रंगशाला निर्माण र अन्य प्राविधिक सहयोग माग गरिएको थियो ।

    एएफसी अध्यक्षले भने यसअघि फिफाले गोल प्रोजेक्ट मार्फत गर्दै आएको सहयोग हाल फिफा फरवार्ड कार्यक्रमको रुपमा चलिरहेकाले सोही कार्यक्रम मार्फत सहयोग लिन सुझाव दिए ।

    एन्फाको गत सोमबार सम्पन्न साधारणसभाले एएफसीको निर्देशनअनुसार विधान संशोधन गरेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष शेख सलमानले सोही अनुरुप अव निर्वाचनमा जान आग्रहसमेत गरेको एन्फा स्रोतले जनाएको छ ।

    एन्फाको औपचारिक स्वागत कार्यक्रमपछि एएफसी अध्यक्ष शेख सलमान र एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठबिच छुट्टै भेटवार्ता भएको थियो ।

    नेपाल आउनुअघि सलमानको टोलीले भुटान र भारतको भ्रमण गरेको थियो ।

    फिफा अण्डर सेभेन्टिन विश्वकप फुटबलका लागि भारत पुगेका बेला एएफसी अध्यक्ष सलमानले दक्षिण एसियाका छिमेकी देशहरुको समेत भ्रमण गरेका हुन् ।

    नेपाल भ्रमणका लागि हिजो काठमाडौं आउनुभएका शेख सलमान आजै बहराईन फर्कने कार्यक्रम छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij