आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माओवादीले बाबुरामलाई भन्यो- गोर्खाबाट हुन्न, काठमाडौंमा उठ्नुस्

  • प्रकाशित मिति : बुधबार, अशोज २५, २०७४



  • नेकपा माओवादी केन्द्रले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई काठमाडौंबाट उम्मेदवार बन्न सुझाएको छ।

    भट्टराईले भने गोर्खा क्षेत्र नं २ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। तर, माओवादीले भने नारायणकाजी श्रेष्ठलाई गोर्खा २ बाट उम्मेदवार बनाएर भट्टराईलाई पन्छाउन खोजेको हो।

    माओवादी केन्द्रले एमालेको चुनाव चिन्ह लिएर भट्टराई उठेपछि गोर्खामा राजनीति गर्न आफूलाई अप्ठेरो हुने महसुस गरेको हो। सिट बाँडफाँटको कार्यदल बैठकमै माओवादी केन्द्र नयाँ शक्तिका संयोजक भट्टराईलाई गोर्खा २ दिन तयार नभएको हो।

    स्रोतका अनुसार कार्यदल बैठकमै ‘वैकल्पिक राजनीति गर्ने, समृद्धिको राजनीति गर्ने मान्छे त काठमाडौंबाट उम्मेदवार  बन्नुपर्छ’, भन्दै माओवादी केन्द्रले गोर्खामा नउठ्न सुझाएको हो। बाम गठनबन्धन बनाएर भट्टराई सूर्य चिन्हमा उम्मेदवार भएपछि माओवादी केन्द्र र एमालेले त्यहाँ उम्मेदवारी दिने छैनन्। यस्तोमा गोर्खा २ का माओवादीहरूले पनि सूर्य चिन्हको प्रचार गर्नुपर्छ।

    माओवादीका एक नेताले गोर्खाको ‘ग्राउण्ड’ भट्टराईको प्रतिकुल रहेको बताए। ‘धेरै माओवादी साथीहरू नयाँ शक्तिका कारण स्थानीय निर्वाचनमा दुई भोटदेखि ५ भोटले गाउँमा हार्नु भएको छ। पालुङटारमा काँग्रेसले जित्यो। यस्तोमा पहिला धोका दिएर अहिले फर्कने भन्ने धारणा तल छ’, ती नेताले सेतोपाटीसँग भने।

    माओवादीले गोर्खालाई प्रतिष्ठाको विषय बनाएको छ। बाबुराम र नारायणकाजीको गोर्खामा एउटै निर्वाचन क्षेत्र हो। स्थानीय निर्वाचनमा पालुङटार नगरपालिका नयाँ काँग्रेस विजयी हुँदा माओवादी केन्द्र दोश्रो र नयाँ शक्ति तेश्रो भएको थियो। तर, मतअन्तर झिनो छ।

    एमालेको सहयोग पाउँदा भने भट्टराईलाई त्यहाँ थप सहज हुनेछ। गोर्खा क्षेत्र नं २ मा पालुङटार सहित अजिरकोट गाउँपालिका, सिरानचोक र सुलिकोट पर्दछन्। आफूलाई माओवादी केन्द्रले अन्यन्त्र जान सुझाएपछि भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार बिहान छलफल गरेका छन्।

    उनले उम्मेदवारी र समानुपातिक सूची लगायतका विषयमा छलफल गरेका हुन्। गोर्खा २ बाट माओवादीले प्रतिनिधिसभा उम्मेदवारको रुपमा नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणी खड्काको नाम सिफारिस गरेको छ। गोर्खामा कमजोर रहेको एमालेले भट्टराईलाई उम्मेदवार  बनाएपछि प्रदेश सभामा भने आफ्नो तर्फबाट उम्मेदवार  बनाउने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij