शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

संचालनमा अायो महतोको नेपाल मेडिसिटी अस्पताल

  • प्रकाशित मिति : बिहिबार, अशोज २६, २०७४



  • गैह्र आवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक डा. उपेन्द्र महतोको लगानीमा भैसेपाटीमा अन्तर्राष्ट्रियस्तरको अस्पताल ‘नेपाल मेडिसिटी’ संचालनमा आएको छ।

    अस्पतालमा ७५० शैय्या राखिनेछ। उक्त अस्पताल पूर्वाधार तथा प्राविधिक हिसावले सम्पन्न छ। गैह्र आवासीय नेपाली संघ स्थापनाको अवसरमा संचालनमा ल्याइएको सो अस्पतालले स्वदेशमै गुणस्तरीय उपचार सेवा प्रदान गर्ने महतोले बताए।

    उनले भने ‘कुनै पनि नागरिक उपचारका लागि विदेश धाउन नपरोस् भन्ने उद्देश्यले यो अस्पताल संचालनमा ल्याइएको हो, १० दिनभित्र थप ७ वटा शल्यक्रिया कक्ष संचालनमा आउने छन्।’ हाल अस्पतालमा दुई शल्यक्रिया कक्ष छन्।

    साथै उनले अस्पतालमा कार्यरत चिकित्सकहरु बाहिरका कुनै पनि अस्पताल तथा क्लिनिकमा आवद्ध नरहने उल्लेख गरे। हेली एम्बुलेन्सको सेवा समेत अस्पतालले उपलव्ध गराउने छ। स्वास्थ्य पर्यटनको विकासका लागि अस्पतालले मद्दत पुर्याउने महतोको भनाइ छ।

    अस्पतालमा एक वर्षभित्रै बोनम्यारो, मृगौला र कलेजो प्रत्यारोपण सुरु हुने बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij