आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माछा मार्न भोटेकोशी गएका चिनियाँ नागरिक बेपत्ता

  • प्रकाशित मिति : बिहिबार, अशोज २६, २०७४



  • मेलम्ची, असोज २६ । आइतबार साँझ माछा मार्न भोटेकोशी खोलामा गएका चिनियाँ नागरिकलाई खोलाले बगाएको छ ।

    मध्य भोटेकोशी हाइड्रोपावरमा काम गर्ने ३० वर्षीय युफा मेन्गालाई सिन्धुपाल्चोेक जिल्ला बाह्रबिसे नगरपालिका–५ स्थित भोटेकोशीले बगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

    साथीसँगै माछा मार्न गएका मेन्गालाई अहिलेसम्म फेला पार्न नसकेको खोजी कार्यमा जुटेका प्रहरी बताउँछन् ।

    स्थानीय बासिन्दासहितको खोजीकार्यमा जुटेको प्रहरीले अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बाखुले बताए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij